बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

सदरलाइन संवाददाता १३ आश्विन २०७७, मंगलवार ०८:१३
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर १० का ५३ बर्षीय पुरुष र नेपालगञ्जका ४१ बर्षीय पुरुषको सोमवार राति उपचारका क्रममा मृत्यु भएको हो ।


जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मृतकको विस्तृत विवरण केही बेरमा आउने छ । योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

Next Post

बाँकेमा ४४ जना डिस्चार्ज

१३ आश्विन २०७७, मंगलवार ०८:१३
नेपालगञ्ज : बाँकेमा आज थप ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । १५ महिला र २९ जना पुरुष डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । हाल बाँकेको आइसोलेशनमा बाहिरी […]

सम्बन्धित