जानकीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

६ फाल्गुन २०७६, मंगलवार १६:१६
 

सदरलाइनडटकम,
जानकी (बाँके) : गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलवारदेखि जानकी गाउँपालिकामा शुरु भएको छ । प्रदेश नं. ५ प्रदेश सभा सदस्य बाबुराम गौतमले प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगिता फागुन ६ देखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा सांसद गौतमले अक्षरबाट मात्रै नभई अतिरिक्त क्रियाकलापबाट आर्जन गरिने शिक्षाले विद्यार्थीको भविष्य उज्वल बनाउने बताए । उनले विद्यार्थीको क्षमता बृद्धिका लागि यस प्रकारका प्रतियोगिता अत्यावश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला शिक्षा इकाईका प्रमुख रामसुरेश यादवले आगमी दिनमा जानकी गाउँपालिकाबाट पनि खेलकुदमा राष्ट्रका गहनाका रुपमा खेलाडी तयार हुने विश्वास लिएको बताए ।
उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भुमिसरा धिताल, बाँके जिल्ला खेलकुद संघका अध्यक्ष, खेलकुदका प्रशिक्षक, शिक्षक, अभिभावक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा गाउपालिका क्षेत्रका २४ सामुदायिक विद्यालय र २२ वटा संस्थागत विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगितामा भलिवल, हाइजम्प, लङजम्प, विभिन्न मिटरका दौड लगाएतका खेल समावेश रहेको जानकीका प्रवक्ता टिकाराम सुनारले जानकारी दिए ।

Next Post

कोरोनाका कारण चीनमा अस्पताल निर्देशकको मृत्यु

६ फाल्गुन २०७६, मंगलवार १६:१६
सदरलाइनडटकम, काठमाण्डौ : चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मंगलवार ५० वर्षको उमेरमा निधन भएको हो । उनी कोरोनाका कारण ज्यान गुमाउने दोस्रो डाक्टर तथा अस्पतालका पहिलो निर्देशक भएका छन् । वुचाङ्ग […]

सम्बन्धित