कर्तव्य ज्यान र लेनदेन मुद्दामा फरार दुई जना पक्राउ

सदरलाइन संवाददाता २४ जेष्ठ २०७९, मंगलवार १२:५६
 

नेपालगञ्ज : अदालतबाट सजाय पाई फरार रहेका दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ बस्ने ३० वर्षीय कोइली भन्ने शिव कुमार बढइलाई प्रहरीले पक्राउ गरेको छ ।

बढईले नसालु पदार्थ सेवन गरी सोमबार नेपालगञ्ज १८ कारकाँदो स्थित ७० वर्षिय लिलावति गुप्ताको पसलमा सामान किन्न गएको बेला समान किन्ने विषयमा विवाद गरी गुप्तालाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएकी गुप्ताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बढई कुटपिट गरी फरार भएका थिए ।

प्रहरीले उनलाई नेपालगञ्ज १५ जमुनाहाबाट पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


यस्तै लेनदेन मुद्दामा फरार रहेकी नेपालगञ्ज–२ बस्ने ४५ वर्षीया अनितादेवी बानियालाई प्रहरीले पक्राउ गरेको छ ।

बानियालाई २३ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । २०५६ साल बैशाख ६ गते जिल्ला अदालत बाँकेले लेनदेन मुद्दामा दोषी ठहर गर्दै बानियालाई तीन महिनाको जेल सजाय सुनाएको थियो ।

त्यसपछि उनी फरार थिइन् । पक्राउ परेकी बानियालाई जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्यकर्मी संघ स्थापना दिवसमा सचेतीकरण कार्यक्रम

२४ जेष्ठ २०७९, मंगलवार १२:५६
नेपालगञ्ज : नेपाल स्वास्थ्यकर्मी संघको ३१ औं स्थापना दिवस बाँकेमा कोभिड सचेतीकरण कार्यक्रमको आयोजना गरी मनाइएको छ । संघको स्थापना दिवसको अवसरमा नेपालगञ्जको जमुनाहा नाकामा मास्क वितरणसँगै सचेतीकरण कार्यक्रमको आयोजना गरिएको हो । त्यस अवसरमा बोल्दै नेपालगञ्जका मेयर प्रशान्त विष्टले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले मास्कको प्रयोग जरुरी रहेको […]