ठुलो परिमाणमा लागुऔषधसहित बाँकेमा पति–पत्नि पक्राउ

सदरलाइन संवाददाता १७ मंसिर २०८०, आईतवार १५:४१
 

नेपालगञ्ज : बाँकेबाट श्रीमान–श्रीमती ठुलो परिमाणमा लागूऔषधसहित पक्राउ परेका छन् । लागूऔषध कारोबार हुँदै गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर–८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई अफिम र चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीले शनिबार राति पौने ९ बजे उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो ७०४ ग्राम चरेश र २ किलो ११६ ग्राम अफिम बरामद गरेको हो ।


बाँके प्रहरीका अनुसार पक्राउ परेका रेवन्त यसअघि पनि २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागूऔषध कसुरमा पक्राउ परेका थिए । त्यसैगरी उनै रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर गरेको थियो ।

विभिन्न मुद्दा र सार्वजनिक अपराधमा संलग्न रेवन्तलाई इलाका प्रहरी कोहलपुरले २०७३ असार ३ गते लागूऔषध मुद्दामा पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका दम्पतीसँग लागूऔषध कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । लागूऔषध नियन्त्रण ऐन अनुसार उनीहरुलाई १४ देखि १५ वर्ष वा जन्मकैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुपु सैनिकद्वारा भुकम्प पीडितलाई राहत प्रदान

१७ मंसिर २०८०, आईतवार १५:४१
नेपालगञ्ज : नेपाल भुपु सैनिक बिकास समिति कोहलपुरले जाजरकोट भुकम्प पीडित परिबारलाई पुर्ननिर्माणका लागि २ लाखको राहत सामग्री सहयोग गरेको छ । सैनिक बिकास समिति कोहलपुर कार्यलयमा आइतवार एक कार्यक्रमका बिच समितिका अध्यक्ष क्याप्टेन कुमार राना उपाध्यक्ष पदम आचार्य ले जस्तापाता, कम्मल लगायतका सामान भुकम्प पीडितका आफन्तहरुलाइ हस्तान्तरण गरेका हुन् […]