सदरलाइनडटकम
१२ चैत, नेपालगन्ज : खजुरा गाउ“पालिकाको वडा नम्बर ५ र ६ लाई भोली मंगलबार पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिने भएको छ । महिनौको सम्मको प्रयास पछि दुबै वडामा रहेका बालबालिकालाई खोप लगाएको र भोली बिशेष कार्यक्रमको आयोजना गरी पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्न लागिएको उढरापुर स्वास्थ्य चौकी इन्चार्ज तेजबहादुर ओलीले बताए ।
ओलीका अनुसार अनुसार बिहान गाउ“पालिका प्रमुख किस्मतकुमार कक्षपति प्रमुख अतिथी सहित जिल्ला जनस्वास्थ्य, आमनागरिक, स्वास्थ्यकर्मीहरु सहभागि हुने कार्यक्रमबीच यस्तो घोषणा हुदै छ । उक्त वडाका २ सय १० जना बालबालिकाले पूर्ण खोप लिएका छन् ।
