एमाले उपाध्यक्ष बामदेव गौतम एकैदिन बाँकेका तीन सभामा सहभागी

१० असार २०७४, शनिबार १९:०८
 

सदरलाइनडटकम
१० असार, नेपालगन्ज : नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष बामदेव गौतमको प्रमुख आतिथ्यतामा एमाले बा“केले शनिबार मात्र नेकपा एमाले बा“केले तीनवटा ठूला चुनाबी सभा गरेको छ । निर्वाचनको मौन अवधि नजिकएका बेला नेकपा एमाले बा“के ठूला—ठूला जनसभाको आयोजनालाई तिब्रता दिदै चुनाबी सभाको आयोजना गरेको हो ।
ती सभाहरुमा भएको जनताहरुको उल्लेखिय सहभागिताले आफ्नो उम्मेदवारहरु जित्ने निश्चित भएको एमाले बाँकेका जिल्ला अध्यक्ष अशोक कोइरालाले दाबी गर्दै भने–‘शनिवारका सभाहरु देखेर प्रतिस्पर्धी दलहरु आत्तिनु भएको छ । हामी जित नजिक छौं ।’
पार्टीका केन्द्रीय उपाध्यक्ष बामदेव गौतमको प्रमुख आतिथ्यतामा शनिवार नेपालगन्ज उपमहानगरपालिकाको मनिकापुर, बेलभार, खजुरामा भब्य आमसभा गरिएको छ । सो आमसभाले आफुहरुको जितको ढोका खोलेको खजुरा गाउ“पालिकाका अध्यक्ष पदका उम्मेदवार किश्मतकुमार कक्षपतिले दाबी गरे ।
ती सभाहरुमा बोल्दै उपाध्यक्ष गौतमले एमालेले आउ“दा सबै निर्वाचनमा पहिलो शक्ति बन्न कसैले नरोक्ने बताए । उनले भने,–‘ मतदाताको घरमा पुगेर मत माग्ने मुद्दा र सहास एमालेसंग मात्र छ । हेर्दै जानुहोस् आगामी सबै निर्वाचनमा हामी पहिलो हुन्छौ ।’
शनिबार नै नेपालगन्ज उपमहानगरपालिकाको बिभिन्न वडाहरुमा सभा तथा घरदैलो गरिएको छ । उक्त सभा तथा घरदैलोलाई सम्बोधन गर्दै एमालेका बैकल्पिक केन्द्रीय सदस्य मोहमद हारुन, मेयर पदका उम्मेदवार समुशद्धिन सिद्धिकी, उपमेयर पदकी उम्मेदवार शान्ती ढकाल लगायतका नेताहरुले नगरमा आफुहरु पहिलो शक्ति बन्नेमा ढुक्क हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।
शनिबार नै कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउ“पालिका, बैजनाथ गाउ“पालिका, डुडुवा गाउ“पालिका, नरैनापुर गाउ“पालिका, रामजानकी गाउ“पालिकाका बिभिन्न वडाहरुमा घरदैलो तथा सभाहरु आयोजना गरिएका छन् ।  


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसओएस अभियानमा हातेमालो गर्न आव्हान,बाँकेमा सप्ताहव्यापी विभिन्न कार्यक्रम

१० असार २०७४, शनिबार १९:०८
सदरलाइनडटकम १० असार नेपालगन्ज : एसओएस बालग्राम अन्तर्राष्ट्रियका संस्थापक प्रोफेसर डा. हर्मन माइनरको जन्मदिन पारेर एसओएसले आफ्नो ३१ औं अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाएको छ । संस्थापक स्वर्गीय प्रोफेसर डा. माइनरको जन्म अष्ट्रियाको भोराल वर्गमा सन् १९१९ जुन २३ तारिखका दिन भएको थियो भने निधन २६ अप्रिल १९८६ […]