‘बाँकेले समृद्धिको सपना देखेको छ ’

२१ चैत्र २०७४, बुधबार ११:३४
 

नेपालगन्ज निवासी भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघ जस्तो नीजि क्षेत्रको ठुलो संस्थाको अध्यक्ष छिन् । यति ठुलो संस्थाको नेतृत्वकर्ता भएपछि स्वभाविकरुपमा उनीबाट बा“केले आर्थिक विकासको मुद्दामा धेरै अपेक्षा गरिएको हुन्छ नै । उनले सकेजति काम गर्ने पनि आश्वान दिएकी छन् । प्रस्तुत छ, उनीसंग सदरलाइनडटकमले गरेको कुराकानी ,

संघीय संरचनामा देश गएपछि बाँके जिल्लाको आर्थिक उन्नतीको क्षेत्रमा कस्तो भविष्य देखि रहनुभएको छ ?

— नेपालगन्ज शुरुदेखि नै देशकै ठुला शहरहरु मध्ये एकमा पर्छ । मध्य र सुदुरपश्चिमको त केन्द्र नै हो । अहिले देश संघीय संरचनामा गएपछि स्वाभाविकरुपमा अब के हुन्छ भन्ने चासो र चिन्ता हुन्छ नै । यो स्वभाविक नै हो । बा“के जिल्लाले समृद्धिको सपना देखिरहेको छ । यो सपना हामीले साकार पु¥याउनै पर्छ । आर्थिक सममृद्धिको बाटोमा बा“केलाई अघि सार्नुपर्छ हामीले । यसका लागि हामीले देशभर बिभिन्न प्रदेशमा दौडाह गरिरहेका छौं । प्रदेश सरकार, कर्मचारी, उद्योगी, व्यवसायीहरुसंग कुराकानी गरिरहेका छौं ।

देश दौडाहबाट के कुरा थाहा पाउनु भयो ?

—बिकेन्द्रिकृत शासन प्रणालीका माध्यमबाट आर्थिक सम्बृद्धिको बाटो समात्न सजिलो हुन्छ भन्ने अर्थमा उत्साह छ । तर तयो के हुन्छ, हेर्न बांकी छ । नया“ शासन प्रणाली भएकाले के हुने हो भन्ने चासो र चिन्ता छ ।

प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुबाट कस्तो प्रतिक्रिया पाउनु भयो ?

— उहाँहरु आर्थिक सम्बृद्धिको सवालमा निकै गम्भीर हुनुहुन्छ । उहा“हरुको मुख्य प्राथमिकतामा अर्थक्षेत्र नै छ । तर नयाँसरकार गठन भइसकेको र कति ठाउँमा त सरकार नै गठन नभएको अवस्थामा प्रदेश सरकारले सबैथोक गर्न पनि सक्दैन । तर हामीले उहाँहरुबाट पुर्णरुपमा सहयोग पाउछौं भन्ने कुरामा बिश्वस्त छौं । नीजि क्षेत्रका माध्यमबाट आवश्यक पर्ने सल्लाह, सुझाव र आवश्यक पर्ने हरेकखाले सहयोग प्रदेश सरकारलाई गर्न तयार छौं ।

संघीय सरंचनामा देश गएपछि ‘कर’को बिषयमा व्यवसायीहरुले चिन्ता प्रकट गरेको पाइन्छ । संघदेखि स्थानीयतहसम्मको सरकारलाइृ कर तिर्नुपर्ने पो होकी भन्ने कुराहरु सुन्न पाईन्छ ? यसमा तपाईको बुझाई के छ ?


— यसप्रति चासो र चिन्ता छ । तर सरकारले के गर्छ अब हेर्न बांकी छ । कर प्रणाली व्यववस्थित गर्नुपर्छ । यसको ‘सिस्टम’ के हुने भन्ने बिषयमा ब्यापक बहस र छलफल ग¥यौ भने एउटा निष्कर्षमा पुग्न सकिन्छ । दोहोरो करको कुरा आयो भने निकै समस्या पर्छ, त्यो होला जस्तो मलाई लाग्दैन र हुनुहुदैन पनि ।

नयाँ सरकार निर्माण भएको छ । नीजि क्षेत्रले यसलाई कसरी बुझेको छ र अपेक्षा के छ ?

— नयाँ सरकारबाट हामी उत्साहित छौं । धेरै आशा र भरोसो राखेका छौं । आर्थिक सम्बृद्धिको एजेण्डा बोकेको सरकार भएका कारण पनि हामी थप उत्साहित छौं । बिगतका बर्षहरुमा देशमा भएका बिभिन्न खाले हिंसाहरुका कारण नीजि क्षेत्र अस्तव्यस्त बनेको थियो । नत स्वदेशी नत बिदेशी लगानी नै भित्रिएको थियो । हामी त्यस्तो अवस्थाको अन्त्यको पर्खाइमा थियौं । आज त्यो दिन आएको छ । तमाम राजनीति मुद्दाहरु सल्टिएका छन् । निर्वाचनपछि बलियो सरकार पाएका छौं । यतिबेला आर्थिक सम्बृद्धिले गति लिन नसके कहिले लिने ? सरकार, नीजि क्षेत्र र हरेक नेपालीको दिब्यदृष्टि अब आर्थिक विकास नै हुनुपर्छ ।

आर्थिक सम्बृद्धिका लागि राजनैतिक स्थिरता कायम त भयो त्यो बाहेक अरु कुनै कुरामा पनि बाधक छन् की ?

— केन्द्रदेखि प्रदेश सरकारले लगानीको वातावारण बनाउनुपर्छ । त्यो वातावारण नबनीकन कसैले आफ्नो लगानी गर्दैन । त्यो हुन्छ भन्ने मलाई लाग्छ । त्यो बाहेक बित्तिय क्षेत्रमा देखिएका समस्या पनि हाम्रा लागि चुनौतीपुर्ण बनेको छ । त्यसको व्यवस्थापन गर्न तर्फ ध्यान जानुपर्छ ।

अब सरकार र नीजि क्षेत्रले मुख्यरुपमा कुन– कुनमा लगानी गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ ?

— उत्पादनमुखी बन्न सक्नुप¥यो । कृषि क्षेत्रमा लगानै ज्यादै कम छ । त्यसमा बढोत्तरी हुनुप¥यो । पर्यटन, उर्जा क्षेत्रलाई एउटा लक्ष्य बनाएर लगानी बढाउने र लगानी भित्रा्उने काम ग¥यौं भन्ने देशले आर्थिक गतिको लय समात्छ । अत्यन्त सम्भावनाले भरिएको प्रदेश हो हाम्रो । एकातिर भारतसंग सिमा जोडिएको र अर्कोतर्फ लुम्बिनी जस्तो पर्यटकियस्थल भएको प्रदेश हामीले पाएका छौं । कृषि, पर्यटन, उर्जाका माध्यमबाट प्रदेशलाई बिकासको मुलधारमा ल्याउन सकिन्छ । यसका लागि व्यक्तिगतरुपमा मैले के गर्नुपर्छ म गर्छु ।

Next Post

उपसचिवले आत्महत्या गरे

२१ चैत्र २०७४, बुधबार ११:३४
२१ चैत,बुटवल :  प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्य झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । आचार्यलाई प्रहरीले मंगलबार उनी बस्दै आएको क्वार्टरको पंखा झुन्ड्याउने फलामको रडमा प्लाष्टिकको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा फेला पारेको हो । रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भैरहवास्थित […]