उपसचिवले आत्महत्या गरे

२१ चैत्र २०७४, बुधबार ११:५३
 


२१ चैत,बुटवल :  प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्य झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । आचार्यलाई प्रहरीले मंगलबार उनी बस्दै आएको क्वार्टरको पंखा झुन्ड्याउने फलामको रडमा प्लाष्टिकको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा फेला पारेको हो ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भैरहवास्थित सरकारी क्वाटरमा झुन्डिएको अवस्थामा आचार्य मृत फेला परेको जानकारी दिए ।
आचार्य केही समयदेखि डिप्रेसनबाट पीडित थिए ।
चितवन भरतपुर महानगरपालिका–११ जागृतीचोक स्थायी घर भएका आचार्य करिब २ साताअघि मात्रै भैरहवा आएका थिए ।
मंगलबार दिउँसो २ बजेतिर ‘बिरामी छु’’ भन्दै मन्त्रालयबाट क्वाटरमा गएका अर्याल एक्लै कोठामा बसेको र संगै बस्ने साथीहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । उनीसंगै सो क्वाटरमा ३ जना उपसचिव बस्दै आएका थिए ।
घटनाको खबर पाएलगत्तै घटनास्थल पुगको प्रहरीको टोलीले मृतक आचार्यलाई पोष्टमार्टमका लागि राति नै भैरहवास्थित भीम अस्पतालमा लगेको थियो । आचार्यको पोष्टमार्टम शुरु भएको छ ।

Next Post

सुर्खेतमा बुद्ध एयरको ठुलो जहाजको परिक्षण उडान

२१ चैत्र २०७४, बुधबार ११:५३
सदरलाइनडटकम २१ चैत, नेपालगन्ज  : बुद्ध एयरले आज सुर्खेत बिमानस्थलबाट ठुलो बिमानको परिक्षण उडान गरेको छ । काठमाण्डौं—सुर्खेतको सिधा उडानका लागि ठुलो जहाज चल्न सक्छ की सक्दैन भन्ने बुझ्नका लागि परिक्षण उडान भएको हो । ठुलो जहाज सन्चालन हुने अवस्था आए यात्रुहरुले कम भाडा तिर्नुपर्ने अवस्था आउने बुद्ध एयर नेपालगन्ज […]