धनगढीमा नक्कली नोटसहित एक भारतीय पक्राउ

सदरलाइन संवाददाता २६ मंसिर २०७९, सोमबार १३:४२
 

धनगढी : धनगढीमा नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन्। आइतबार साँझ धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट ५ सय रुपैयाँ दरका ९ थान नक्कली नोटसहित भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय कमलेश गुप्ता ब्रिजेस रहेका छन् । पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनी आएका उनले उक्त नक्कली नेपाली नोट ल्याएको भन्ने जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


यस्तै, अहिले म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिरामी बालकको उपचार शुल्क मिनाहा

२६ मंसिर २०७९, सोमबार १३:४२
कालीकोट : जिल्लाको पलाँता गाउँपालिकाद्वारा सञ्चालित अस्पतालमा उपचार खर्च तिर्न नसकेका एक बालकको शुल्क मिनाहा भएको छ । २० दिनसम्म उपचार गराइरहनुभएका पलाँता ६ का घाटे शाहीका छोरा वर्ष १३ का अशोक शाहीको ४० हजार रुपियाँ अस्पतालले निशुल्क गरेको हो । यसअघि शुल्क तिर्न नसक्दा अस्पतालले डिस्चार्ज गरेको थिएन । […]