भारतले दशगजामा बनाएको सडकका कारण नरैनारपुर गाउपालिका डुवानको जोखिममा

१९ चैत्र २०७४, सोमबार ११:२९
 

सदरलाइन  / रुद्र सुवेदी
१९ चैत, नेपालगन्ज : भारतले एकतर्फी अन्तराष्ट्रिय सन्धी मिचेर दशगजा नजिकै बनाएको बाटोको कारण बाँकेको नरैनापुर गाउपालिका पूर्ण रुपले डूवानमा पर्ने भएको छ ।
नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले भरतले बाँकेको पूर्वी नाका सुईया बघौडा हुँदै घोरदोरिया, जमुनाहा लगायतको दशगजा क्षेत्रमामै समानन्तर बाँध जस्तै सडक बनाएको कारण आफ्नो गाउपालिकाको वडा नं. १ देखि ६ सम्मका सबै गाउहरु डुबनामा पर्ने भन्दै चिन्ता ब्यक्त गर्दै सम्बन्धित निकायले यस विषयमा चासो लिन आग्रह् गरे ।
उनले भने–‘भारतले प्राकृतिक बाहव नै बन्द गरेर एकतर्फी बाँध जस्तो सडक बनाएको कारण सीमा क्षेत्र संग जोडिएका सबै गाउहरु डुबनामा पर्ने खतरा उच्च छ ।’ उनले भारतीय पक्षले बाँध जस्तै गरी दश गजामै समानन्तर सडक निर्माण गर्दा प्राकृतिक बाहव नै रोकीन गई डुवानको खतरा बढ्ने भएको दाबी गरे ।
उनले भारतीय पक्षले एकतर्फी रुपमा दशगजामा नै समानन्तर बाँध जस्तो बाटो बनाउदा नेपाली पक्षबाट कुनै प्रतिरोध नगरेको कारण पुरै गाउपालिका नै डुवानको जोखिममा परेको बताए । उनले भने–‘ पानीको निकासको लागि अत्यन्तै सानो कल्भर्ट राखेको छ । त्यो पनि चाहेको बेला खोल्ने र बन्द गर्ने जस्तो बनाएको छ ।’ उनले भारतीय पक्षले नेपाललाई डुवाएर सोही पानीले भारतमा भने सिचाईको रुपमा प्रयोगमा ल्याउने आशंका व्यक्त गरे ।
यसैबीच बाँकेका आठवटै स्थानीय तहका उप प्रमुखहरुको एक टोलीले भारतले सुईया बघौडा नाकामा एकतर्फि बनाएको बाँध जस्तो बाटोको स्थलगत निरिक्षण गरेका छन् । स्थलगत अवलोकन पछि नेपालगन्ज उप–महानगरकी उप–मेयर उमा थापामगरले भारतले एकतर्फि रुपमा दशगजामा नै निर्माण गरेको बाँध जस्तो बाटोको कराण बाँकेका सीमावर्ती सबै ठाँउहरु डुवानमा पर्ने अवस्था देखिएको बताईन ।
उनले भनिन–‘ जमिनको सतह भन्दा ३ मिटर उचाई भएको बाँध जस्तो सडकका कारण नेपालगन्ज उप–महानगर, खजुरा गाउपालिका, जानकी गाउपालिका, डुडुवा गाउपालिका डुबानमा पर्ने देखिएको छ । यसको लागि समयमा केन्द्रले दुईपक्षिय बार्ता गर्न आवश्यक देखियो ।’ उनले स्थानीय समस्यालाई स्थानीय तवरले हल गर्न पहल गरिए पनि केन्द्र सरकारले द्वपक्षिय बार्ता गरेर कम्तीमा पनि प्राकृतिक बाहाव नरोकीने गरी पहल गरिनु पर्छ ।

Next Post

किन सुन्निन्छन् गोडा ?

१९ चैत्र २०७४, सोमबार ११:२९
डा. बिनय रेग्मी  फिजिसियन तथा बाथरोग बिशेषज्ञ, ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी काठमाडौं     हामीले दिनभरी अस्पतालमा हेर्ने बिरामीहरु मध्ये ३ देखि ४ जना बिरामीहरु गोडा सुन्निने समस्या लिएर आउने गर्नुहुन्छ । गोडा सुन्निने समस्या भएपछि जो कोही पनि डराएर र आत्तिएर हामीकहाँ जँचाउन आउनुहुन्छ । यो एक हदसम्म स्वभाविक […]