सिकाई परियोजनाका कर्मचारीका लागि प्रशिक्षक प्रशिक्षण तालिम

सदरलाइन संवाददाता ७ चैत्र २०७७, शनिबार १९:२८
 

बर्दिया : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित सिकाइ परियोजना कर्मचारी तथा सस्थाका पदाधिकारीहरुका लागि स्टिम शिक्षा सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम ठाकुरद्धारा बर्दियामा शुरु भएको छ ।

चैत ७ गतेदेखि ९ गतेसम्म संचालन हुने सो तालिमलाई काठमाण्डु विश्वविद्यालयका सहायक प्राध्यापक तथा कार्यवाहक स्टिम शिक्षा विभाग प्रखुम विनोद प्रशाद पन्तले सहजिकरण गरिरहेका छन् ।


तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण हुने बताईएको छ ।

स्याक नेपाल बाँकेका टिमलिडर नेत्रकला शाहीले तालिम सहभागीहरुलाई स्वागत तथा सुभारम्भ गदै यस तालिमले परियोजना कर्मचारिहरुको क्षमता अभिवृद्धि हुनुका साथै कार्यक्षेत्रमा यसको कार्यान्वयनका लागि महत्वपुर्ण भुमिकाको रुपमा रहने बताईन । तालिमले स्टिम शिक्षाको अवधारणामा स्पस्ट हुन, इस्टिम शिक्षा र इन्टेग्रेटेड पाठ्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न तालिम सहयोगी हुने अपेक्षा गरिएको छ ।

सो तालिमममा परियोजनाका कर्मचारि र सस्थाका पदाधिकारी गरि ११ जनाको सहभागीता रहेको परियोजनाका कार्यक्रम अधिकृत लक्ष्मी शर्माले जानकारी दिए ।

Next Post

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला अधिवेशन

७ चैत्र २०७७, शनिबार १९:२८
नेपालगञ्ज : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेको १४ औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशन आज नेपालगञ्जमा चलिरहेको छ । साधारणसभा तथा अधिवेशनको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मनहरी बस्यालले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । बाँकेका अध्यक्ष शालिक सुवेदीको अध्यक्षतामा […]