सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुरको डुडुवा नालामा डुबेका युवकको पहिचान खुलेको छ । शनिवार नालामा पौडी खेल्ने क्रममा कोहलपुरका २८ वर्षीय मुक्तिप्रसाद आचार्यको डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुर नगरपालिका १२ चपरगौडीस्थित डुडुवा पुल नजिकै पौडी खेल्ने क्रममा आचार्य वेपत्ता भएका थिए । उनी डुबेलगत्तै स्थानीयसँगै प्रहरी र शसस्त्र प्रहरी उद्धारमा जुटेपनि जिवितै उद्धार गर्न नसकिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षकरमेश बहादुर सिंहले जानकारी दिए ।
