भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फेरिए

सदरलाइन संवाददाता १८ श्रावण २०८०, बिहीबार १४:११
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएका छन् । साउन १७ गतेको मन्त्रीपरिषद बैठकले भेरी अस्पतालका मेसु हेरफेर गरेको हो ।

भेरी अस्पतालको मेसुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत डा. पवन जंग रायमाझीलाई खटाएको छ । उनी यसअघि परोकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका डाइरेक्टरको जिम्मेवारीमा रहेका थिए । एघारौं तहका डा. रायमाझी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।


यसअघि अस्पतालको प्रमुख मेसुको भूमिकामा एघारौं तहकै प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा. बद्री चापागाईं थिए ।

डा. चापागाईंले भेरी अस्पतालमा अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रकम फिर्ता नगर्ने सहकारीलाई सुविधाबाट वञ्चित गरिने

१८ श्रावण २०८०, बिहीबार १४:११
नेपालगञ्ज : कोहलपुर नगरपालिकाले सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्ने र बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीहरूलाई पालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गरिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्नेहरू तथा बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका सञ्चालक […]

सम्बन्धित