सदरलाइनडटकम
१३ चैत, कोहलपुर (बाँके) : पानी तान्ने मोटर विगारेको भन्दै कोहलपुर नगरपालिका वडा नं. ३ मा छ वर्षिया अवोध बालिकाको मुखमा भैसीको गोबर कोच्याईएको छ ।
कोहलपुर मदन चोकमा सोमबार साँझ खेल्दै गरेको अवस्थामा स्थानीय गिता परियारको घरमा रहेको पानी तान्ने मोटर बिगारेको भन्दै ५० वर्षिया परियारले ती बालिकाको मुखमा भैसीको गोवर कोच्याई दिएको बताईएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले बालिकालाई गोबर कोच्याएको अभियोगमा परियारलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ । प्रहरी निकट स्रोतका अनुसार बालिकालाई मेडिकल गरी अनुसंधान सुरु गरेको छ ।
