नयाँशक्ति बैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित हुँदैछ : डा भट्टराई

१३ चैत्र २०७४, मंगलवार १४:४९
 

सदरलाइनडटकम 
१३ चैत, नेपालगन्ज : नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो पार्टी बैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित हुनुको विकल्प नभएको बताएका छन् ।
नयाँ शक्ति पार्टी नेपाल बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन । पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले भने–‘ हिजोका हाम्रा सहयात्री पार्टी र व्यक्तिहरु सत्ताको उन्मादमा तल्लीन रहेकोले अब नयाँ शक्ति नै बैकल्पिक शक्तिका रुपमा स्थापित हुन्छ ।’
उनले मुलुकको विकास र समृद्धिको स्पष्ट खाका आफूहरुसित रहेको दाबी गर्दै भने–‘ अब पनि नारा र सपना बाँडेर मात्र विकास हुँदैन ।’ नयाँ सरकारबारे अहिल्यै टिप्पणी नगर्ने भन्दै उनले ‘हनिमुन पिरियड’पछिमात्र मूल्यांकन गर्ने बताए ।
उनले कर्मचारीको कारणले मुलुकको विकासमा बाधा भएको आरोप लगाउदै दलगत सबै ट्रेड युनियन खारेज गर्न सरकारलाई सुझाव दिदै भने–‘ कर्मचारीतन्त्र विकासमुखी नभएको र पुरानो ढर्राबाट चलिरहेकाले आमूल परिवर्तनको लागि सरकारले अत्यन्तै ठोस कदम चाल्दै दलगत ट्रेड युनियन खारेज गर्नु पर्छ ।’
उनले कर्मचारी मात्रै न भएर शिक्षा क्षेत्रमा झन दलकै कार्यकर्ता भर्तिकेन्द्र बनाएको कारण शिक्षा झनै चौपट भएको आरोप लगाउदै भने–‘शिक्षक र कर्मचारीले सेवाभाव भन्दा पनि जागिरे मानसिकताले कर्मचारीलाई गाँजेको कारण विकास र शैक्षिक उन्नती हुन नसकेको हो । बर्तमान सरकारले यो परिपाटि हटाउन पहल गर्नै आवश्यक छ ।’

Next Post

आँखामा लाग्ने खस्रेरोग(ट्रकोमा)को समस्या हट्यो

१३ चैत्र २०७४, मंगलवार १४:४९
सदरलाइनडटकम १३ चैत, नेपालगन्ज : कुनै बेला निकै ठूलो समस्यामा रुपमा रहेको आ“खामा लाग्ने खस्रे (ट्रकोमा) रोग निवारण भएको नेपाल नेत्रज्योति संघको अध्ययनले देखाएको छ । ट्रकोमा रोग अब जनस्वास्थ्यका लागि समस्याका रुपमा न रहेको संघको भनाई छ । सन् १९८१ मा गरिएको एक सर्वेक्षण अनुसार नेपालका कुल जनसंख्याकोे ६ […]

सम्बन्धित