नेपालगञ्जमा ५० शय्याको अक्सिजन वार्ड तयार

सदरलाइन संवाददाता १५ बैशाख २०७८, बुधबार १७:२६
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शय्याको अक्सिजनसहितको आइसोलेशन केन्द्र तयार पारेको छ ।

कार्यबाहक नगरप्रमुख उमा थापा मगरका अनुसार, बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार सुरु गर्ने गरि आईसोलेशन केन्द्र तयार पारिएको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उप–महानगरपालिकाले आइसोलेशन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख थापा मगरले जानकारी दिइन् ।

बुधबार कार्यबाहक नगरप्रमुख उमा थापा मगर, वडा नम्बर २ का वडा अध्यक्ष सुनील सिंह हमाल, भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापा र डा. बद्री चापागाईले आईसोलेशन वार्डको अनुगमन गरे ।


अनुगमनपछि डा. थापाले आईसोलेसन वार्ड सुविधा सम्पन्न रहेको भन्दै यसबाट भेरी अस्पतालमा विरामीको चाप कम गर्न समेत सहज हुने बताउनुभयो । भेरी अस्पताल र उप–महानगरपालिकाले तयार गरेको आईसोलेसन वार्ड नजिकै रहेको भन्दै डा. थापाले भेरी अस्पतालबाट चिकित्सकको सहयोग हुने बताए । उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गरेपछि भेरी अस्पतालमा विरामीको चाप कम हुनेछ ।

नेपालगञ्ज उप–महानगरपालिकाले सामान्य विरामीका लागि ह्वाईटहाउसमा समेत आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । आईसोलेसन वार्ड तयार गरेको उप–महानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव सङ्कलन कार्यसमेत शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामै सुरु भयो एन्टिजेन टेस्ट, पहिलो दिनमै १२ जाँच गर्दा ५ संक्रमण पुष्टि

१५ बैशाख २०७८, बुधबार १७:२६
खजुरा (बाँके) : बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दै जाँदा स्थानीय तहले पनि पालिका स्तरमा कोरोना परिक्षण सुरु गरेका छन् । बाँकेको खजुरा गाउपालिकाले पालिकाका कोरोना संक्रमितलाई सेवा दिने उद्देश्यले हाईफ्लो अक्सिजन सहितको ५० बेड आईशोलेसन सहित एन्टिजेन किटमार्फत कोरोना परिक्षण गर्न सुरु गरेको खजुरा गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले […]