प्रदेश आइडलमा उत्कृष्ट हुन भोट माग्दै सावित्री

१३ चैत्र २०७४, मंगलवार १०:००
 

सदरलाइनडटकम  
१३ चैत, नेपालगन्ज : कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा जारी प्रदश ६ आइडका प्रतियोगिहरु भोट माग्दै पश्चिममा विभिन्न शहरमा पुगका छन् । सेमिफानल राउण्डबाट भोटका आधारमा फाइनलमा जाने र उत्कष्ट तोकिने मापदण्डका कारण प्रतियोगीहरु विभिन्न स्थानमा आफुलाई भाट दिलाउन माग गर्दै हिडेका हुन् ।
आइडलमा उत्कृष्ट ७ मा पर्न सफल बाँके, खजुराकी सावित्री अधिकारी भोट माग्न नेपालजन्ज शरहमा रहेका आफन्तजनकहाँ हारगुहार मागिरहेकी छिन् । सुमधुर स्वरकी धनी सावित्रिले सांगितिक क्षेत्रमा आफुलाई स्थापीत गर्न आइडलमा उत्कृष्ट हुनु महत्वपूर्ण भएको भन्दै भोट दिन अपिल गरेकी छन् ।
सिंगारो म्युजिक प्रालिले आयाजना गरेको सो आइडलका लागि आगामी चैत १७ गतेसम्म एसएमएसमार्फत भोटिङ खुला गरिएको छ । सावित्राले आफुलाई एसएमएस मार्फत भोटिङ गरेर आइडलमा जिताउन सबैसँग अपिल गरेकी छन् । भोट माग्न उनी अचेल आफ्नो पोष्टर बोकेर खजुरा, नेपालगन्ज, कोहलपुर लगायत ठाउँमा पुग्ने गरेकी छन् ।
आफुलाई भोटिङ गर्न मोबाईलको म्यासेज बक्समा टउष् टाइप गरेर एक स्पेस छाडी १ लेखेर ३३००१ मा पठाउन सकिने बताईन् । आफुलाई एसएमएस भोटिङ गरी आइडलमा बाँके लगायत समग्र पश्चिम क्षेत्रका बासिन्दाले जिताउनेमा उनको विश्वास छ ।
आइडल जित्न सावित्रीले अन्य ६ जना पुरुष प्रतियोगीसँग प्रतिस्पर्धा गर्दैछिन् । आइडलमा पहिलो हुनेलाई ३ लाख, दोस्रोलाई २ लाख, तेस्रोलाई १ लाख र सान्त्वना हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
गायन क्षेत्रमा आफुलाई स्थापित गर्ने क्रममा रहेकी सावित्री यसअघि कृष्णसार आइडल, गोल्डेन आइडल, मध्यपश्चिम आइडल र नेपाल आइडलमा पनि सहभागीता जनाएकी अधिकारीले प्रदेश आइडलबाट आफ्नो व्यवसायिक सामंगितिक यात्रा पनि सुरु हुने बताइन् ।
आयोजकले आगामी चैत ३० गते निर्णायक मण्डल, लाइभ भोटिङ र एसएमएस भोटिङमार्फत विजेता घोषाणा गर्ने तयारी गरेको छ । आइडलमा अन्य उत्कृष्ट प्रतिस्पर्धीहरुमा महेन्द्र बिक, बिराज थापामगर, हिक्मत शाही, सागर हमाल, पेमा सन्दुक लामा र खाँडजी परियार रहेका छन् । उत्कृष्ट ७ मध्ये सेमिफाईनलमा उत्कृष्ट ४ छनोट हुने र अन्तिम प्रतिस्पर्धामा ४ जनाबाट विजेता घोषणा गरिने बताइएको छ ।


Next Post

पानी तान्ने मोटर विगारेको अभियोगमा छ वर्षिया बालिकालाई गोबर कोच्याईयो

१३ चैत्र २०७४, मंगलवार १०:००
सदरलाइनडटकम   १३ चैत, कोहलपुर (बाँके) :  पानी तान्ने मोटर विगारेको भन्दै कोहलपुर नगरपालिका वडा नं. ३ मा  छ वर्षिया अवोध बालिकाको मुखमा भैसीको गोबर कोच्याईएको छ । कोहलपुर मदन चोकमा सोमबार साँझ खेल्दै गरेको अवस्थामा स्थानीय गिता परियारको घरमा रहेको पानी तान्ने मोटर बिगारेको भन्दै ५० वर्षिया परियारले ती बालिकाको […]