जंगली हात्तिको आक्रमणबाट बर्दियमा महिलाको मृत्यू

सदरलाइन संवाददाता १८ पुष २०७८, आईतवार १८:२३
 


बर्दिया : जंगली हात्तिको आक्रमणबाट बर्दियमा महिलाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले दिएको जनाकारी अनुसार बर्दिया राजापुर नगरपालिका–९ की बर्ष ५४ की भुसिया थारुको मृत्यु भएको हो ।

उनको घर नजिकैको दशगजा नजिक बाख्रा चराउन गएको अवस्थामा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।


बाख्रा चराउन गएकी थारुको ३ बजे हात्तिको आक्रमणमा परेर मृत्यु भएको सिमा प्रहरी चौकी गोडियानामा जानकारी प्राप्त हुनासाथ तत्काल घटनास्थलमा प्रहरी टोली खटिई गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार थापाको मोटरसाइकल चोरी

१८ पुष २०७८, आईतवार १८:२३
नेपालगञ्ज : पत्रकार नरेन्द्र थापाको मोटरसाइकल नेपालगञ्जबाट चोरी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलस्थित आफ्नै घर अगाडि पार्किङ गरेको भे ९ प ९०५५ नम्वरको प्लाटिना मोटरसाइकल चोरी भएको हो । नेपालगन्जमा यसअघि पनि मोटरसाइकल चोरीका घटना हुँदै आएका छन् । बाँके प्रहरीले मोटरसाइकल चोरी गर्नेको खोजी कार्य भइरहेको जनाएको […]