स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता

सदरलाइन संवाददाता १४ जेष्ठ २०७८, शुक्रबार १६:४५
 

नेपालगञ्ज : भेरी अस्पतालका चिकित्सक र नर्समाथी आक्रमण गर्ने तीनजना विरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको छ ।

कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ वर्षका डिल्ली राज रावतका भाइहरु मानबहादुर र भरत तथा छोरा लोकराज विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको बाँकेका एसपी ओम रानाले जानकारी दिए ।


उनिहरुले बिहीवार राती भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गरेका थिए । कोभिड आइसीयुमा प्रवेश गरि उनिहरुले चिकित्सक र नर्सलाई लखेटी लखेटी आक्रमण गरेका थिए ।

त्यसक्रममा एकजना चिकित्सक र तीन जना नर्सले एकतला माथिबाट हाम्फालेर ज्यान जोगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुटपिटमा संलग्न जो कोहीलाई कारबाही हुने : गृह मन्त्रालय

१४ जेष्ठ २०७८, शुक्रबार १६:४५
नेपालगञ्ज : भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो । गृहमन्त्रालयका प्रवक्ता […]