खजुरा गाउँपालिकाको रनियापुर पुर्णखोप सुनिश्चित

७ चैत्र २०७४, बुधबार १७:४६
 

सदरलाइनडटकम  
७ चैत, नेपालगन्ज   :  बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ लाई बुधवार पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । खजुरा गाउँपालिकालाई यही महिनाभित्र पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी स्वरुप वडास्तरमा तिब्र तयारी भइरहेको हो ।
बुधवार रनियारपुरमा आयोजित बिशेष कार्यक्रमका बीच जिल्ला समन्वय समिति बाँकेका सदस्य जुल्फिकर अनि मनिहारले वडा अध्यक्ष फिरोज खाँलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको प्रमाणपत्र हस्तान्तरण गरे ।
गाउँपालिकाकी उपाध्यक्ष एकमाय बिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पुर्ण खोप सुनिश्चिता घोषणा भइसकेपछि त्यसको व्यवहारिक कार्यान्वयन र दिगोपनालाई उच्च प्राथामिकता दिनुपर्नेमा जोड दिए ।
उपाध्यक्ष बिकले चुनौतीपुर्ण काम सम्पन्न गरेकोमा रनियारपुर स्वास्थ्यचौकी, जनप्रतिनिधि तथा स्वयंसेविका लगायतलाई धन्यबाद दिईन । उनले आगामी दिनमा यसलाई दिगो बनाई राख्न सर्बसाधारणहरुलाई सहयोगको लागि अपिल गरिन । खजुरा गाउँपालिकाका प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले गाउँपालिकालाई पुर्ण खोपयुक्त बनाउन सबैको सहयोग आबश्यक रहेको बताए । सोही कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाईजर देबिराम पौडेलले बालबालिकाको जिवनको सवाल भएकाले खोप खुवाउने कुरामा हेलचेक्राई नगर्न सबैमा आग्रह गरे ।
रनियारपुर स्वास्थ्यचौकीका प्रमुख भुपेश खत्रीले यस अवधिमा आफनो वडामा रहेका २ सय १० जना बालबालिकालाई सबै प्रकारका खोपहरु दिइएको बताए । उनले भने,—‘आगामी दिनमा खोपको कुरामा अझ प्रभावकारी कामहरु गरिने छ ।’ बिभिन्न समस्याहरुका बाबजुत आफुहरुले सबै बालबालिकालाई खोपको पहुंचमा पु¥याएको बताए ।
सो कार्यक्रम वडा अध्यक्ष फिरोज खांको अध्यक्षतामा भएको थियो भने खजुरा गाउँपालिकाका स्वस्थ्य संयोजक पुर्ण खड्का, उपसंयोजक लक्ष्मी केसी, सोनपुर स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मण प्रशाद कंडेल लगायतको सर्बसाधारणहरुको सहभागिता थियो । आगामी शुक्रबार सोनपुरलाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिदैछ ।

Next Post

मन्त्री चौधरी र पौडेललाई सम्मान

७ चैत्र २०७४, बुधबार १७:४६
सदरलाइनडटकम  ७ चैत, नेपालगन्ज : प्रदेश नम्बर ५ का भौतिक योजना मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरी र कृषि मन्त्री आरती पौडेललाई बुधवार नेपालगन्जमा सम्मान गरिएको छ । नेकपा एमाले बाँकेले मन्त्री चौधरी र पौडेललाई सम्मान गरेको हो । सम्मानका साथै प्रदेशको विकासमा बाँकेलाई कुनै कुराको कमि हुन नदिन एमाले […]