सदरलाइनडटकम
५ जेठ, नेपालगन्ज : नेपालगन्जमा जारी पहिलो मेयरकप अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्तरगत छात्र सिनियर तर्फको उपाधि जीभीएन कलेज नेपालगन्जले हात पारेको छ ।
शुक्रबार भएको फाईनल खेलमा जीभीएनले जनज्योति माबि कोहलपुरलाई शून्यको बिरुद्ध ३ गोलले पराजित गर्दै उपाधी हात पारेको हो । उसका लागि बिशाल थापाले २ तथा संसार बस्नेतले १ गोल गरेका थिए । चौध वर्ष मुनीको समूहमा पशुपति र जनज्योतिबीच शनिबार उपाधीका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
