वडा नं. २३ मा स्वास्थ्य केन्द्र उद्घाटन

१५ भाद्र २०७५, शुक्रबार १६:४७
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा न २३ मा नवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । उपमहानगरपालिकाका कार्यवाहक मेयर प्रमोद रिजालले शुक्रवार एक समारोहका बीच भवन उद्घाटन गरेका हुन् । उद्घाटनपछि उक्त भवन २३ नं. वडा कार्यालयलाई हस्तान्तरण गरेर स्वास्थ्य सेवासमेत शुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा ढाई कठठा जग्गामा निर्माण गरिएको उक्त भुकम्प प्रतिरोधी भवनमा एक हलसहित ६ वटा कोठा रहेका छन् । राधा शर्मा कन्सट्रक्शनले ६५ लाख ९८ हजारमा निर्माण गरेको भवनको कार्यवाहक मेयर रिजालले वडाध्यक्ष मो. हुसेन शेषलाई साँचोसमेत हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कार्यवाहक मेयर रिजालले स्वास्थ्यनै सबैभन्दा ठुलो धन भएको भन्दै स्वास्थ्य सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन स्थानीय सरकारले कुनै कञ्जुस्याई नगर्ने प्रतिबद्धता जनाए । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीले भौतिक संरचना निर्माणले अत्यावश्यकीय स्वास्थ्य सेवालाई सहज बनाएको उल्लेख गर्दै थप उपकरणको व्यवस्था गरिने बताए । स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष शेषले थप सेवा सुविधाको निरन्तरतासँगै माथिल्लो तलामा वडा कार्यालय स्थापनामा सहयोग गर्न आग्रह गरे ।

Next Post

नेपालगन्ज–१२ पूर्ण साक्षर वडा घोषित

१५ भाद्र २०७५, शुक्रबार १६:४७
सदरलाइनडटकम नेपालगन्ज : नेपालगन्ज उप–महानगरको वडा नं. १२ लाई आधारभूत तहमा पूर्ण विद्यालय भर्ना वडाको रुपमा घोषणा गरिएको छ । ‘हामी सबैको ईच्छा अनिवार्य निशुल्क आधारभूत शिक्षा भन्ने मूल नाराका साथ वडालाई पूर्ण साक्षर वडाको रुपमा घोषणा गरिएको हो । बाँके निर्वाचन क्षेत्र नं.२ ख बाट प्रदेश सभामा निर्वाचित सांसद […]

सम्बन्धित