नेपालगञ्ज म्याराथनको तयारी सकियो

५ मंसिर २०७६, बिहीबार १८:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  क्रिएटिभ ह्याण्डसको आयोजना तथा नेपालगन्ज उप महानगरपालिकाको सह आयोजनामा हुने नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको सबै तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीबीच बृस्तित शान्ति सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै वितेका ४ वर्ष यता हरेक वर्ष यो म्याराथन आयोजना हुदै आएको हो ।
यसपटक म्याराथनको मुख्य प्रायोजका रुपमा धारा शुद्ध तोरिको तेलले गरेको छ । सहप्रायोजकका रुपमा नेपालगन्ज म्याराथनमा इ एसोसिएसन विथ आर्शिवाद पेन्ट्स र पावर्ड बाई राष्ट्रिय बाणिज्य बैंक त्यस्तै निदान डाइग्नोस्टिक एण्ड हेल्थ सेन्टर डाग्नोस्टिक पार्टनरका रुपमा रहेको आयोजक क्रिएटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।
सो प्रतियोगितामा पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, १० किलोमिटर खुल्ला पुरुष, ५ किलोमिटर खुल्ला महिला, ५ किलोमिटर स्कुल स्तरीय छात्र तथा ३ किलोमिटर छात्रा दौड समावेश गरिएको छ ।
त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको छ । यस बर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ । यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउने छन् ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीका जिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदै आएका छन् ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । यसपटक सबै विधामा नगद पुरस्कार बृद्धि गरिने जनाईएको छ ।

Next Post

नौ ग्राम ब्राउन सुगरसहित बोहरा सेतुबिक चोकबाट पक्राउ

५ मंसिर २०७६, बिहीबार १८:२८
सदरलाइनडटकम, नेपालगञ्ज :  बाँके प्रहरीले नेपालगञ्जको सेतु बिक चोकबाट ९ ग्राम ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिन सफल भएको छ । लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले सेतुबिक चोकबाट शुक्रबार दिउसो १ बजेतिर सुर्खेत बीरेन्द्रनगर–६ घर भएका ३२ बर्षिय सुमित बोहरालाई […]