मन्त्री चौधरी र पौडेललाई सम्मान

७ चैत्र २०७४, बुधबार १९:१२
 

सदरलाइनडटकम 
७ चैत, नेपालगन्ज : प्रदेश नम्बर ५ का भौतिक योजना मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरी र कृषि मन्त्री आरती पौडेललाई बुधवार नेपालगन्जमा सम्मान गरिएको छ । नेकपा एमाले बाँकेले मन्त्री चौधरी र पौडेललाई सम्मान गरेको हो । सम्मानका साथै प्रदेशको विकासमा बाँकेलाई कुनै कुराको कमि हुन नदिन एमाले नेताहरुले आग्रह गरे ।
मन्त्री पौडेल बाँके जिल्ला कै हुन । सममान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेश राजधानीको प्रसंग पनि उठाए । उनले अहिले बुटवललाई अस्थायी राजधानी तोकेको र संविधान अनुसार कहाँ राजधानी राख्ने भन्ने बिषय नसकिएको बताए । उनले प्रदेशको राजधानी जहाँ भएपनि राजधानी नभएका ठाउँमा विकास रोकिन्छ भने कसैले कल्पना नगर्न आग्रह गरे । ‘प्रदेश राजधानी नहुँदैमा कुनै ठाउँको विकास रोकिन्छ भने नसोचौं । त्यस्तो हुँदैन’– मन्त्री चौधरीले भने,–‘अब राजधानी भएको ठाउँदेखि गाउँसम्म समानुपातिकरुपमा विकास हुन्छ ।’
कार्यक्रममा बोल्दै कृषि मन्त्री आरती पौडेलले प्रदेश नम्बर ५ देशकै सबैभन्दा उर्वर जमिनका रुपमा परिचित रहेको भन्दै प्रदेशलाई विकास गर्ने हो भने कृषि बिषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिईन । उनले आफु यिनै बिषयमा केन्द्रित भएको र यसका लागि कार्यायोजना निर्माण गर्ने बताईन ।
सममान कार्यक्रममा बोल्दै नेकपा एमाले बाँकेका कार्यवहाक अध्यक्ष निरक गुरुङ्गले प्रदेशको राजधानीका बिषयमा बाँके र बर्दियाका जनता असन्तुष्ट भएकाले उनीहरुको भावनाको कदर गर्नका लागि पनि विकासका मुद्दाहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

Next Post

बैशाखमा टि–२० नेपालगन्ज क्रिकेटकप आयोजना गरिदैै

७ चैत्र २०७४, बुधबार १९:१२
सदरलाइनडटकम   ७ चैत, नेपालगन्ज : स्थानीय ग्रीन इभेन्टो प्रालिले पहिलो पटक अक्सनमार्फत क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । लिगकम नकआउट आधामा खेलाईने सो प्रतियोगिता बैशाख ३ देखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । आयोजकले दिएको जानकारी अनुसार सो प्रतियोगितमा ६ टिमको सहभागिता […]