‘सूचना प्रविधिको बारे बृहद छलफल हुन्छ’

२ चैत्र २०७४, शुक्रबार ०८:०५
 

कम्प्यूटर एशोसियन नेपाल बाँके शाखाको आयोजनामा नेपालगन्जमा सूचना र संचार प्रविधि (आईसीटी) का बिषयमा राष्ट्रियस्तरको गोष्ठी गर्दै छ । क्यान बाँकेका अनुसार, चैत्र ३ गते गोष्ठी हु“दैछ । गोष्ठीका बिषयमा क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सैनासंग सदरलाइनडटकमले गरेको कुराकानी :

गोष्ठीको उदेश्य के हो ?

— परिवर्तित समयमा सूचना प्रविधिको अधिकत्म उपयोग गर्नुपर्दछ । सूचना प्रविधिको उपयोगले मात्र हरेक क्षेत्रमा सफलता हात पार्न सकिन्छ । यो बिना अहिले हरेक क्षेत्र खल्लो सावित हुन्छ । हामी सूचना प्रविधिको उपयोगीताको क्षेत्रमा कहा“ छौं र कसरी उपयोग गरिरहेका छौं रु त्यो बिषयमा सरोकारवाला ब्यक्तित्वहरुसंग बृहद छलफल र अन्तरक्रिया हुन्छ । साथै सूचना प्रविधिको उपयोगिता संगै यसबाट उत्पनन भएका समस्या र समाधानका सम्बन्धमा पनि छलफल हुन्छ ।

गोष्ठीमा को को सहभागि हुन्छन् ?

— गोष्ठिमा प्रदेश नं। ५, ६ र ७ का सरकारी तथा गैह्रसरकारी अधिकारीहरु, सुरक्षा अधिकारी, व्यवसायी, कलेज र क्याम्पसका प्रमुख तथा सूचना प्रविधिप्रति चासो राख्नेहरुको सहभागिता रहने छ । सुरक्षा निकाय, अनुसन्धान आईटी क्षेत्रका अगुवाहरुसंग हामी बस्दैछौ । क्यानका बर्तमान तथा पूर्व पदाधिकारीहरु कार्यक्रममा सहभागि हुनुहुनेछ ।


बाँकेमै यो कार्यक्रम किन रोजियो  ?

—बाँके प्रदेश नम्बर ५, ६ र ७ को ट्रान्जिट हो । यहा“बाट हुने हरेक गतिबिधिले यि प्रदेशहरुमा प्भाव पार्छ । साथै सूचना प्रविधिको क्षेत्रमा यो शहर अघि बढ््दैछ । बा“के जिल्लालाई हामी सुचना प्रविधिको क्षेत्रमा अघि बढाउने र सूचना प्रविधि मैत्री बनाउने अभियानमा लागेका छौं । यो सन्देश दिन पनि हामी कार्यक्रम गर्दैछौं ।

Next Post

नशा रोगीका लागि स्वास्थ्य शिविर गरिने

२ चैत्र २०७४, शुक्रबार ०८:०५
सदरलाइनडटकम  २ चैत, नेपालगन्ज  : नशा सम्बन्धी रोगबाट पीडित भएकाहरुको उपचार पद्धतीका बिषयमा जानकारी दिने उदेश्यले शनिबार नेपालगन्जमा बिशेष उपचार पद्धती शिविरको आयोजना गरिने भएको छ । सुजोक थेरापी पद्धतीबाट नशा तथा नशाजन्य रोगबाट उपचार कसरी गरिन्छ भन्ने बिषयमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको सपना भटट्राईले जानकारी दिएकी […]