खोजी तथा उद्दारको प्रभावकारी संयन्त्र नहुँदा हराउने भन्दा भेटीनेको संख्या अत्यन्त न्यून

१७ पुष २०७४, सोमबार १९:१०
 

सदरलाइनडटकम  
१७ पुस, नेपालगन्ज : महिला तथा बालबालिका हराएको भन्दै खोजतलासको लागि आएका निवेदन भन्दा भेटिनेको संख्या अत्यन्तै न्यून रहेको लामो समयदेखि मानव बेचबिखनबिरुद्ध काम गर्दै आएको माईती नेपाल नेपालगन्जले जनाएको छ ।
माईती नेपाल नेपालगन्जले मध्य तथा सुदुर पश्चिमका विभिन्न जिल्लाबाट हराएका महिला तथा बालबालिकाहरु न्यून मात्रामा मात्र भेटिने गरेका तथ्याक सार्वजनिक गरेपछि सो कुराको पुष्टि भएको हो ।
माईती नेपालले सीमा क्षेत्रमा रहेर काम थालेको १६ वर्षको अवधीमा ४ हजार ३ सय १८ महिला तथा बालबालिका हराएको भन्दै खोजीका लागि निवेदन परेकोमा हालसम्म ६ सय १९ जना महिला तथा बालबालिका फेला तथ्याङ्क सार्वजनिक गरेपछि ३ हजार ६ सय ९९ महिला तथा बालबालिकाको अवस्था अज्ञात रहेको छ ।
माईती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशब कोइरालाले दैनिकजसो महिला तथा बालबालिकाहरु हराएको भन्दै खोजीका लागि निवेदन दिने गरे पनि न्यून मात्रामा भेटिने गरेको हुँदा भेटिनेको संख्या भन्दा हराउनेको संख्या बढी देखिएको स्पष्ट पारे ।
माइती नेपालका अनुसार १६ बर्षको अवधीमा श्रम तथा यौन शोषणमा परेका २ सय ४३ जनाको विभिन्न देशबाट उद्धार गरिएको छ । उद्वार अधिकांश छिमेकी मुलुक भारतबाट गरिएको छ ।
खाडी देशमा धेरै महिलाहरु श्रम तथा यौन शोषणमा परेको दावीसहित निवेदन पर्ने गरेपनि उद्दारका लागि प्रभावकारी संयन्त्रको अभाव रहेको क्षेत्रीय संयोजक कोइरालाले बताए । तिनीहरुलाई उद्दारका लागि सरकारले प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने उनको भनाई रहेको थियो ।
सन् २०१७ को सुरुदेखि अन्त्यदेखि मात्र खोजतलाशका लागि ८ सय ३४ जनाको निवेदन परेकोमा १ सय ५४ जना फेला परेका छन् । सन् २०१६ को तुलनामा यसबर्ष निवेदन परेका र भेटिएका संख्या बढि रहेको छ । खाडीसँगै भारतमा रेडलाईट भनिएका क्षेत्रबाट उद्दारका लागि कठिनाई हुने गरेको माईती नेपाल नेपालगन्जले जनाएको छ ।
उनले गत वर्ष यता माइती नेपाल नेपालगन्जले ६७ जना महिला र बालबालिकाको उद्धार गरेको जानकारी दिदै भने–‘यो वर्ष भारतबाट ६६ जना र खाडिक्षेत्र बाट १ जना गरी ६७ जनाको उद्दार गरिएको छ । यसमा बाँकेका ४ जना महिला रहेका छन ।’
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले सन् २०१७ को एक वर्षमा श्रम र यौन शोषणमा परेका ६७ जनाको विभिन्न देशबाट उद्धार गरिएको बताए । सन् २०१६ मा श्रम र यौन शोषणमा परेका २६ जनाको उद्धार भएको थियो ।
खोज तलासका निवेदन र फेला पर्नेको संख्या पनि गत बर्षको तुलनामा बढेको माइती नेपाल नेपालगन्जले जनाएको छ । सन् २०१६ मा ७३१ वटा खोजतलासको निवेदन परेकोमा ११३ जना फेला परेका थिए । सन् २०१७ मा खोजतलासका ८३४ वटा निवेदन परेको र १५४ जना फेला परेको संयोजक कोइरालाले बताए ।
उनले जोखिमपूर्ण यात्रामा रहेका १ हजार ७१ जनालाई सीमा नाका जमुनहाबाट उद्धार गरि आवधिक गृहमा प्रवेश गराइएको जानकारी दिँदै एक बर्षको अवधिमा १ हजार ११६ जनालाई परिवारिक पुनर्मिलन गराइएको बताए । उनले जोखिमपूर्ण यात्रा गरि रहेका बाँकेका १९० जना महिला र बालबालिकालाई जमुनहा नाकाबाट घर फिर्ता पठाइएको छ । ‘पहिलेको भन्दा आवागन गर्ने यूवायूवतीको संख्या बढेको छ, यसले पनि अघिल्ला बर्षको भन्दा निवेदन र फिर्ता गरिएको संख्या धेरै देखिएको छ,’ उनले भने ।
माइती नेपालले सार्वजनिक गरेको तयाङ्कका अनुसार घरेलु हिंसाका घटनामा भने कमी आएको जनाएको छ । सन् २०१६ मा ३० वटा घरेलु हिंसाका घटना भएको थियो । भने सन् २०१७ मा २० वटा घरेलु हिंसाका घटना भएको माइती नेपालको तथ्यांकले देखाउँछ । ‘सचेतना र शिक्षाले घरेलु हिंसाका घटनामा कमी भएको हो की भन्ने हाम्रो बुझाई छ,’ कोइरालाले भने ।

Next Post

बाँकेका दलित महिलाहरुको समुहमा आबद्धतासंगै फेरिएको दिनाचार्य

१७ पुष २०७४, सोमबार १९:१०
सदरलाइन / रुद्र सुवेदी  १८ पुस, नेपालगन्ज : घुम्टोले अनुहार ढाकेर घरमुलीले भनेको कुरालाई अक्षरस पालना गर्न विवस मधेशी र दलित समुदायका महिलाको दैनिकिमा परिवर्तन देखिएको छ । उनीहरुमा परिवर्तन देखिनुको कारण महिला समुहमा संगठित हुँदै आय आर्जनका काममा सक्रियता जनाउनुले हो । बाँकेमा दलित महिला संघ (फेडो) मार्फत उनीहरु […]