बाँकेमा दश लाखको यार्सागुम्बा बरामद

सदरलाइन संवाददाता ३१ श्रावण २०७९, मंगलवार १२:५१
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँकेको जानकी गाँउपालिकाबाट करीब १० लाख रुपैयाँ बराबरको यार्सागुम्बा बरामद गरेको छ ।

जानकी गाँउपालिका–१ पंचपोखरा ईलाकाबाट सशस्त्र प्रहरीले ४५० ग्राम यार्सागुम्बा बरामद गरेको हो ।


अवैधरुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको जनाइएको छ ।

सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ सोही ठाउँमा छाडेर भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्जमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा १० अर्ब लागतमा राप्ती करिडोर निर्माण हुँदै

३१ श्रावण २०७९, मंगलवार १२:५१
दाङ : दाङको देउखुरीमा झन्डै १० अर्ब लागतमा राप्ती करिडोर निर्माण गर्न थालिएको छ । सहरी विकास मन्त्रालय र एशियाली विकास बैंक (एडिबी)को संयुक्त लागतमा करिडोर निर्माण गर्न लागिएको हो । जस्कोसहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका हुन् । राप्ती करिडोर निर्माण पुरा भएमा यसक्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा […]