सदरलाइनडटकम
२९ फागुन, काठमाण्डौ : बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकी छन् । उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन ।
राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । नव निर्वाचित भण्डारीले ३९ हजार २७५ मतभार पाउँदा राईले ११ हजार ७ सय ३० मतभार पाएकी छन् ।
राष्ट्रपति भण्डारीलाई बामगठबन्धन, संघिय समाजबादी फोरम, राजपालगायत साना पार्टीको समर्थन रहेको थियो भने राईलाई नेपाली काँग्रेसले मात्र समर्थन गरेको थियो । बाबुराम भट्टराईको नयाँ शक्ति, नेमकिपा र विवेकशिल साझा पार्टीले भने निर्वाचन नै बहिष्कार गरेको थियो । फाईल तस्बीर स्रोत गुगल
