बाँकेको राप्ती नदीमा फसेका ६ जनाको उद्धार

सदरलाइन संवाददाता १७ असार २०८०, आईतवार १६:३०
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं.२ टिकुलिपुरस्थित बाख्रा चराउन गएका राप्ती नदीको बीच भाग टापुमा फसेका ६ जनाको प्रहरीले उद्धार गरेको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्सेरगंज बस्ने बर्ष ६८ का दल बहादुर पुन, सोही ठाउँ बस्ने बर्ष ६० की तिलसरा थापा, बर्ष ५५ की खली खत्री, बर्ष ४४ की हिम कुमारी कनउ, बर्ष १४ की दिनिशा थापा र बर्ष १४ की ममता पुनको उद्धार गरिएको प्रहरीले जनाएको छ ।


शनिबार बेलुका साढे ७ बजे बाख्रा चराउन गएका उनीहरू एक्कासी राप्ती नदीको बीच भाग टापुमा फसेका थिए । सूचना पाएलगत्तै संयुक्त सुरक्षाकर्मी र स्थानियको सहयोगमा उनीहरूको उद्धार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले बताए । उनका अनुसार, १ पुरुष, ५ महिला र ७८ वटा बाख्राको सकुशल उद्दार गरिएको हो । वर्षायाम शुरु भएसंगै राप्ती नदीमा पानीको सतह बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

१७ असार २०८०, आईतवार १६:३०
नेपालगञ्ज : बाँके प्रहरीले लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । बाँके खजुरा गाउँपालिका वडा नं.२ बस्ने २१ वर्षीय अनुज पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषध मुद्दामा ९ महिना २४ दिन कैद सजाय तोकिएकोमा उनी हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मगरलाई आइतवार पक्राउ गरि […]

सम्बन्धित