वडा स्तरीय बालक्लब संजालको गतिबिधि तीब्र पारिदै

२१ फाल्गुन २०७४, सोमबार २०:१५
 

सदरलाइनडटकम
२१ फागुन, नेपालगन्ज : बालमैत्री उप–महानगरको निर्माणको लागि वडा स्तरीय बालक्लब संजालको गतिबिधिलाई तीब्र पारिएको छ । यसक्रममा सोमबार बसेको सञ्जालको बैठकले नेपालगन्ज उप–महानगरपालिका–१० का अन्तरगत रहेका सबै बिद्यालयहरुमा बाल क्लब गठन र पूर्नगठन गर्ने निर्णय समेत गरेको छ ।
सोमबार नेपालगन्ज उप–महानगरपालिका– १० नं. वडा कार्यालयको सहयोगमा बास नेपालगन्जद्वारा आयोजित वडा स्तरीय बाल क्लबको बैठक तथा छलफल कार्यक्रममा यस्तो निर्णय गरिएको हो ।
वडालाई बालमैत्री घोषणा प्रक्रियाका लागि बाल क्लबहरुलाई सक्रिय बनाउने सँगै, वडा भित्र रहेका सबै निजि तथा सामुदायिक विद्यालयहरुमा बाल क्लब गठन तथा पूर्नगठन गर्ने तथा गठन भएका तर निश्कृय अवस्थामा रहेका बाल क्लबहरुलाई तत्काल पूर्नगठन गर्ने निर्णय गरिएको बासका सूचना अधिकारी हेमराज भट्टद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
सो बैठकमा बोल्दै कार्यक्रममा अतिथि १० नं. वडाका कार्यवाहक वडा अध्यक्ष नरबहादुर बिष्टले वडालाई बालमैत्री वडा घोषणा गर्न बाल क्लबहरुको सक्रियता महत्वपूर्ण हुने बताउदै उनले बाल क्लबलाई सहज रुपमा काम गर्ने वातारणका लागि वडा कार्यालय सदैब तयार रहने प्रतिबद्धता गरे ।
बासका कार्यक्रम संयोजक शम्भु शाहीले संचालन गरेको बैठकमा बालमैत्री स्थानीय शासन र बैठकका बिषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । बैठकमा नगर स्तरीय बालक्लब संजालका अध्यक्ष अन्जना चर्तुबेदी र वडा स्तरीय बालक्लब सञ्जालका अध्यक्ष ऋतिक शाहिले बाल क्लबले गरिरहेका क्रियाकलापहरुका बारेमा जानकारी गराएका थिए ।


Next Post

सडक दुर्घटनामा सुखडका खड्काकोे मृत्यु

२१ फाल्गुन २०७४, सोमबार २०:१५
सदरलाइनडटकम   २१ फागुन, नेपालगन्ज : नेपालगन्ज–कोहलपुर सडकखण्डको गनापुर नजिकै भएको सडक दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगन्जदेखि कोहलपुर जाँदै गरेको भे ५ प ९३४७ नं. को मोटरसाईकललाई बिपरित दिशाबाट आएको लु १ ख ७३६९ नं. को बसले ठक्करदिदा कैलाली सुखड […]