प्रेस चौतारी र प्रेस सेन्टर बाँकेको संयुक्त भेला असार ९ गते गरिने

२७ जेष्ठ २०७५, आईतवार १४:३८
 


सदरलाइनडटकम
२७ जेठ, नेपालगन्ज :  प्रेस चौतारी नेपाल बा“केका अध्यक्ष हेमन्त बिक र प्रेस सेन्टर बा“केका अध्यक्ष डक्ट धितालको अध्यक्षतामा दुबै संगठनका उपलब्ध केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला समितिका पदाधिकारीबीच सम्पन्न आईतबार बैठक सम्पन्न भएको छ ।
बैठकले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ऐतिहासिक रुपमा पार्टी एकिकरण सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको प्रति स्वागत गर्ने निर्णय गरेको छ । उक्त पार्टी एकिकरणले ‘सुखी नेपाली, सम्बृद्धि नेपाल’ निर्माणको अभियानले सार्थकता पाउने अपेक्षा सहित बधाई र शुभकामना समेत ज्ञापन गरिएको छ ।
यस्तै प्रेस चौतारी र प्रेस सेन्टरबीच संयुक्तरुपमा कार्यक्रमहरु भइरहेको भएता पनि औपचारिकरुपमा पार्टी एकिकरण गर्न जिल्ला तहबाट प्रक्रिया शुरु गर्ने निर्णय गरिएको छ ।
बैठकले दुबै संगठनको सयुक्त भेला आगामी असार ९ गते नेपालगन्ज गर्ने र उक्त भेलाको तयारीको संयोजन दुबै संगठनका अध्यक्षले गर्ने निर्णय गरिएको छ ।
४. संगठनका हरेक कार्यक्रम र गतिबिधिमा अनिवार्यरुपमा उपस्थिती हुन सम्पूर्ण सदस्यहरुलाई निर्देशन जारी गरिएको छ ।
बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य भेषराज बस्नेत, प्रेस सेन्टरका केन्द्रीय सदस्य सुशिल शर्मा, अनुशासन आयोग सदस्य भिम रावत, प्रदेश उपाध्यक्ष शिव सुनार, सह—सचिव प्रदिप वाग्ले, पार्षद गजेन्द्र गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।

Next Post

सिस्ने–३ का वडा सदस्य अफिमसहित नेपागन्जमा पक्राउ

२७ जेष्ठ २०७५, आईतवार १४:३८
सदरलाइनडटकम २७ जेठ, नेपालगन्ज  : सिस्ने गाउपालिका वडा नं.३ का वडा सदस्य सहित ३ जना प्रतिबन्धित लागू औषध अफिमकोसहित बाँके प्रहरीको फन्दामा परेका छन् । प्रहरी उनीहरुलाई नेपालगन्जको एक होटलबाट नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले नेपालगन्ज उप–महानगर–१ […]