सदरलाइनडटकम
२१ फागुन, नेपालगन्ज : नेपालगन्ज–कोहलपुर सडकखण्डको गनापुर नजिकै भएको सडक दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगन्जदेखि कोहलपुर जाँदै गरेको भे ५ प ९३४७ नं. को मोटरसाईकललाई बिपरित दिशाबाट आएको लु १ ख ७३६९ नं. को बसले ठक्करदिदा कैलाली सुखड घर भएका अन्दाजी ३३ वर्षिय बिरेन्द्र खड्काको ज्यान गएको हो ।
नेपालगन्ज–२० मनिकापुर नजिकै अन्दाजि पौने १० बजे भएको सो घटनामा परेर गम्भीर घाइते भएका मोटरसाईकल चालक खड्कालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ल्याउदै गर्दा बाटोमा नै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस, बसचालक र मोटरसाईकललाई नियन्त्रणमा लिएर अनुसंधान गरि रहेको जनाएको छ । मृतक खड्काको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
Next Post
महिला तथा बालबालिकाबिरुद्ध हुने हिंसाको अन्त्यका लागि बाँकेको कम्दीमा कार्यशाला
२१ फाल्गुन २०७४, सोमबार २२:४१
सम्बन्धित
-
१९ मंसिर २०७५, बुधबार १५:४१
पढ्नकै लागि दैनिक ९ किलोमिटरको दुरी तय गर्छिन सहेनाज !
-
१२ भाद्र २०७९, आईतवार १४:२१
थारु समुदायले आइतवार धुमधामसँग अट्वारी पर्व मनाउँदै
-
४ माघ २०७३, मंगलवार १२:५७
घले बने वल्र्ड च्याम्पियन
-
३ असार २०७४, शनिबार २०:४७
रेडक्रसको स्वर्णजयन्ती समारोह सम्पन्न, रेडक्रसकर्मीलाई सम्मान
-
२१ चैत्र २०७४, बुधबार १८:४५
महिला ह्याण्डल टिमलाई सम्मान
-
११ फाल्गुन २०७८, बुधबार १७:४१
सरकार र सडक मध्ये एक छोड्नुपर्छ : मन्त्री झाँक्री