सदरलाइनडटकम
१८ फागुन, नेपालगन्ज : बाँकेमा होलि पर्वको बाहानमा विभिन्न आबान्छनिय गतिविधिमा संलग्न रहेका दुई दर्जन बढी प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरीले सवारी नियम उलंघन गर्दै चालाईएका १ सय १५ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेकबहादुर तामाङ्गले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न ठाँउमा होलिको बाहानमा कुटपिट र झैझगडा गर्ने तथा असामाजिक कार्य गर्ने २९ जनालाई नियन्त्रणमा लिएर छानविन गरी राती ८ बजेसम्म ७ जनालाई छाडिएको र अरुमाथि अनुसंधन जारी रहेको छ ।
प्रहरी उपरिक्षक तामाङ्गले भने,‘ अनुसंधान जारी छ नियन्त्रणमा परेका मध्ये ७ – ८ जनालाई म्याद थप गर्नुपर्ने देखिएको छ ।’ यसैगरी प्रहरीले होलीमा हेल्मेट नलगाएको, तीनजना भन्दा बढी चढेको, मापसे सेवन गरेर चलाएका १ सय १५ मोटरसाइकल नियन्त्रणमा लिएर साँझ मात्र दिएको छ ।
