नेपालगञ्ज–१८ मा एकैदिन दुई सडक शिलान्यास

सदरलाइन संवाददाता २४ जेष्ठ २०७८, सोमबार २०:०९
 

नेपालगञ्ज : कोरोना संक्रमणको कहरकै विचमा नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ मा एकैदिन २ वटा सडक यसै आर्थिक बर्षमा सम्पन्न गर्नेगरी शिलान्यास गरिएको छ ।

वडाध्यक्ष दीपककुमार वर्माले सोमबार दिउसो तेजनगरमा २३ लाखको लागतमा दुबैतर्फ पक्की नाली सहित निर्माण हुने कालोपत्रे सडकको शिलान्यास गरेलगत्तै वडाअध्यक्ष वर्माले विशालनगर चोकदेखि बानियागाउँ जोड्ने करिब १५२ मिटर लामो सडक कालोपत्रे गर्ने योजनाको शिलान्यास गरेका हुन् ।

यतिबेला बाँके कोरोना कहरको हटस्पटमा छ । तर, नेपालगञ्ज १८ का वडा अध्यक्ष वर्मा लगायत जनप्रतिनिधिको सक्रियता र सुझबुझका कारण संक्रमणबाट जोगिदै विकास निर्माणका गतिविधि सन्चालनमा ल्याईएको छ ।


वडाअध्यक्ष वर्माले केही दिन अघि मात्रै कारकादौंको ट्राभल भिलेजदेखि पुर्वतर्फ अस्फाल्ट सडक निर्माणको शिलान्यास गरेका थिए । कोभिड रोकथाम र नियन्त्रणका लागि ब्यक्तिगत तथा वडा कार्यालयको तर्फबाट रचनात्मक कार्य गर्दै आएका वर्माको सक्रियता विकास निर्माणमा पनि उत्तिकै देखिएको छ ।

वडाभित्र सिक्टा सिँचाई आयोजनासँगैको सडक, होटल सिद्धार्थ भ्यू पछाडीको सडक, दुर्गा भवानी टोल, पशुपतिनगर टोल र लग्दहवादेखि बसपार्क जोड्ने लगायतका सडक योजनाको शिलान्यास भई कालोपत्रेको कार्य भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलवारदेखि ‘भेरोसेल’ खोप लगाउन शुरु

२४ जेष्ठ २०७८, सोमबार २०:०९
नेपालगञ्ज : चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ मंगलवारदेखि देशभर लगाउन शुरु गरिँदै छ । उपत्यकामा ६० देखि ६४ तथा उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने […]