मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

९ फाल्गुन २०७४, बुधबार २०:०८
 

सदरलाइनडटकम 
९ फागुन, नेपालगन्ज  :  उपभोक्तालाई स्वस्थ्य मासु खुवाउनका लागि मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि तालिम सुरु भएको छ । अस्वस्थ्य मासुले मानव जीवनलाई हानी पु¥याउने भन्दै नागरिकको स्वास्थ्यलाई पाच्य हुने मासु उत्पादन सम्बन्धी पाँच दिने तालिम सुरु भएको हो
बजारमा अव्यवस्थित रुपले मासु बध गर्ने प्रवृत्ति बढिरहेका बेला व्यवसायी तथा किसानलाई प्रशोधित मासु उत्पादनबारे प्रशिक्षण दिइएको छ । खजुरा गाउँपालिकाको सोनपुरस्थित ‘फ्रेस हाईजिनिक फुड’ले बाँकेसहित विभिन्न जिल्लाका व्यवसायी तथा पशुपालक किसानलाई प्रशोधित मासु उत्पादन तथा मासुका विभिन्न परिकार बनाउने बारे सिप सिकाउन बुधबारबाट प्रशिक्षण थालेको हो ।
तालिममा सहभागी व्यवसायी तथा किसानलाई अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको मासु प्रशोधन गर्ने तरिकाबारे प्रशिक्ष्ण दिइनेछ । नेदरल्याण्डका प्रशिक्षक ‘कोर क्लाभर’ लगायतले ब्यवसायी र किसानलाई प्रशिक्षण दिने गरिने फुडका प्रमुख दीपेन्द्रकुमार जोशीले बताए । यसलाई आयोजकले प्रशोधित मासुसम्बन्धी अन्र्तराष्ट्रिय स्तरको प्रशिक्षण भनेको छ । सहभागीलाई सैद्धान्तिक र व्यवहारिक रुपले प्रशिक्षण दिईने जोशीले उल्लेख गरे ।
‘प्रशिक्षणका सहभागीलाई मासु कटिङ, प्रोसेसिङ, भण्डारण, कोल्ड स्टोरेज सम्बन्धि प्रशिक्षण दिइनेछ’ उनले भने । प्रशोधित मासु स्वास्थ्यका लागि फाईदाजनक हुने भएकाले सर्बसाधारणलाई यसबारे सचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाले जोडदिए । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बधशाला नहुँदा अव्यवस्थित रुपले मासु काट्ने प्रवृत्ति रोक्न आफुले पहल गर्ने बताए ।
गाउँपालिकाभित्र ‘हाईजेनिक’ मासुको प्रयोग बढाउन तथा अव्यवस्थित रुपले खोलिएका मासु पसल ब्यवस्थित गर्ने प्रतिवद्धता जनाए । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख जोत्सना श्रेष्ठ, पशु विकास अधिकृत कमल उपाध्याय लगायतले अन्य खाद्य सामाग्री जस्तै मासुको गुणस्तरप्रति सजग रहनुपर्ने बताए । करिब ७० प्रतिशत रोग पशुबाट लाग्ने जानकारी दिदै पशु विकास अधिकृत उपाध्यायले प्रशोधित मासु स्वास्थ्यका लागि फाईदाजनक रहेको बताए ।  

Next Post

भारतीय सेनामा भर्ती भएका नेपाली युवाको विदाई

९ फाल्गुन २०७४, बुधबार २०:०८
सदरलाइन / सपना विष्ट १० फागुन, नेपालगन्ज : यसवर्ष मध्य तथा सुदूरपश्चिमबाट भारतीय सेनामा छनौट भएका नेपाली युवाहरुलाई कार्यक्षेत्रमा जानको लागि एक समारोहका बिच बिदाई गरिएको छ । नेपाल भुतपूर्व सैनिक विकास समिति कोहलपुरले एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई बिदाई गरिएको हो । यसवर्ष करिव २५ हजार युवा भारतीय सैन्य […]

सम्बन्धित