डोल्पामा बाक्लो हिमपात, रमाए कृषक

२ फाल्गुन २०७४, बुधबार ०७:५७
 

२ फागुन, डोल्पा । सोमबार रातिबाट डोल्पामा बाक्लो हिमपात भएको छ । हिमपातसँगै जिल्लाको धेरैजसो भूभाग सेताम्मे भएको छ । हिमपातपछि चिसोले न्यूनतम तापक्रम माइनस १० सम्म पुगेको छ । डोल्पा सदरमुकाम दुनैमा ३ इन्चसम्म हिउँ जमेको छ भने माथिल्लो डोल्पामा त्यो भन्दा बाक्लो हिउँ जमेको छ ।

हिउँ तल्लो डोल्पामा एक सातासम्म रहने बताइएको छ । माथिल्लो डोल्पामा महिनौ जम्ने स्थानीयबासी बताउँछन् । बाक्लो हिमपातपछि माथिल्लो डोल्पामा आवतजावत पूरै ठप्प भएको छ । हिमपातपछि डोल्पाका हिमाल तथा अग्ला पहाड सेताम्मे भएका छन ।

सदरमुकाममा पनि हिउँ जमेपछि बालबालिकादेखि वृद्धसम्मल हिउँ खेलेर रमाइलो गर्दैछन् । यस वर्ष पहिलो पटक सबै क्षेत्रमा हिउँ परेपछि कृषक रमाएका छन् । खेति गर्ने समय आउन लागेको बेलामा हिउँ परेपछि कृषकहरु उत्साहित भएका हुन् ।


हिउँ र पानी कृषकका लागि मल भएको ठूलीभेरी नगरपालिकाका कृषक कमल बहादुर क्षेत्रीले बताए । उनले भने, ‘हिमपातले कृषकलाई राहत दिन्छ, डोल्पाको जमिन सुख्खा छ, यसले ओसिलो बनाउँछ ।’

भारी हिमपातले माथिल्लो डोल्पाका स्थानीयको जनजीवन प्रभावित भएको छ । सबै क्षेत्रमा एक फिट भन्दा धेरै हिउँ जमेको छ । घर बाहिर निस्कनसम्म कठिन भएको छ ।

अन्नपूर्णपोष्टबाट

Next Post

कर्णाली क्षेत्रका सामुदायिक विद्यालयको पुस्तक पठाउन सुरु

२ फाल्गुन २०७४, बुधबार ०७:५७
सदरलाइनडटकम  २ फागुन, नेपालगन्ज : कर्णाली क्षेत्रका सामुदायिक विद्यालयका लागि निजि क्षेत्रद्वारा मुद्रित पाठ्य पुस्तकहरु शैक्षिक सत्र सुरु भए पनि पढाई सुरु हुनु अगावै सम्बन्धित क्षेत्रमा पुग्ने पुस्तक ढुवानीको जिम्मेवारी लिएका पुस्तक व्यवसायीहरुले बताएका छन् । कक्षा एकदेखि पाँचसम्मका लागि जनकशिक्षा सामग्री लिमिटेडले निजि क्षेत्रलाई किताब छपाईको जिम्मेवारी दिएअनुसार आवश्यक […]