विभिन्न मुद्दामा फरार रहेका दुईजना पक्राउ

२१ श्रावण २०७७, बुधबार १९:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले विभिन्न मुद्दामा संलग्न रही फरार रहेका दुई जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक सुवाश खड्काले बिगतमा सशस्त्र भुमिगत समुह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही बाँके जिल्लामा हत्या, अपहरण, बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न अपराधमा संलग्न रहेका व्यक्ति बाँके डुडुवा–६ का केशव राढलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

राढलाई कार्यालयबाट खटिएको विशेष प्रहरीले गत आइतबार नियन्त्रणमा लिएको थियो । अभियुक्त राढमाथि २०६८ चैत्र ६ गते साविक गनापुर–९ को प्रकाश अधिकारीको फ्याक्ट्रीमा बम विष्फोट गराएको मुद्दामा बाँके जिल्ला अदालतबाट मिति २०७२ माघ १८ गते फैसला भई ६ महिना कैद ५ हजार जरिवाना भएको जानकारी दिए ।


यसैगरी २०६८ मंसिर १४ गते भुमीसुधार कार्यालय बाँकेमा बम विष्फोट गराएको मुद्दामा बाँके जिल्ला अदालतबाट मिति २०७२ माघ १८ गते फैसला भई ६ महिना कैद र ५ हजार जरिवाना भएको छ ।

सोही दिन नै राढले मालपोत कार्यालय बाँकेमा बम विष्फोट गराएको अभियोगको बम विष्फोट मुद्दामा बाँके जिल्ला अदालतबाट मिति २०७२ माघ १८ गते फैसला भई ६ महिना कैद, र ५ हजार जरिवाना भएको छ ।

यसैगरी प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका गोबिन्द श्रीपालीलाई पक्राउ गरेको छ । २०७४ असोज १६ गते जिल्ला बाँके कोहलपुर–७ जोगीडाँडामा जवरजस्ती करणी गर्ने प्रयास गरेको मुद्दामा फरार रहेको प्रतिवादी डुडुवा–.५ रंगीताल बस्ने श्रीपालीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

Next Post

बाँकेका सुरक्षाकर्मीका लागि लयन्सद्वारा मास्क र सेनिटाईजर हस्तान्त्रण

२१ श्रावण २०७७, बुधबार १९:५६
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ को अग्रभागमा खटेर काम गर्दै आएका सुरक्षा निकायको व्यक्तिगत सुरक्षाको लागि लायन्स क्लव अफ नेपालगञ्जले १० हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाईजर हस्तान्त्रण गरेको छ । जिल्ला कोबिड व्यवस्थापना समिति बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई सो सामाग्री लायन्स क्लव ईन्टरनेशनल […]

ताजा अपडेट