राष्ट्रिय सभामा एमाले २६, माओवादी १३, कांग्रेस १३

२५ माघ २०७४, बिहीबार ०८:१६
 

काठमाडौं, २४ माघ । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा नेकपा एमालेले अग्रता हासिल गरेको छ । ५६ सिटमध्ये एमालेले २६ सिटमा जित हासिल गरेको छ ।

नेकपा माओवादी र नेपाली कांग्रेसले १३, १३ सिटमा जित हासिल गरेका छन् । भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले २, २ सिट जित हासिल गरेका छन् ।


५९ सदस्यीय राष्ट्रिय सभामा अब बाँकी रहेका ३ जना सरकारले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । तर कुन सरकारले गर्ने भन्नेमा प्रमुख दलभित्र विवाद कायमै छ ।

(बाह्रखरीबाट)

Next Post

एनसेलले ल्यायो असिमित भ्वाइस प्याक र डेटा प्याकसहितको भ्यालेन्टाइन अफर ,कसरी लिने सुबिधा ?

२५ माघ २०७४, बिहीबार ०८:१६
काठमाडौं,२४ माघ – दुरसचार सेवा प्रदाएक सस्था एनसेल प्रालिले आफ्ना ग्राहकहरुका लागि यस भ्यालेन्टाइन सिजनमा असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको सुबिधा उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कर सहित मात्र रु १५ मा असिमित भ्वाइस प्याक लिई विहान ५ बजे देखि बेलुका ५ […]