सदरलाइनडटकम
२३ बैशाख, नेपालगन्ज : पेट भरिएको होस् वा खाली, जुनसुकै समयमा पनि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हो । पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ । पानी कुनै रोगको उपचार नभए पनि यसले पेटको सफाइ गर्ने काम गर्छ ।
मानिसलाई लाग्ने अधिकांश रोगको घर पेट नै हो । बिहान उठेर खाली पेटमा पानी पिउँदा स्वास्थ्यका लागि अझ बढी फाइदाजनक हुने जनरल फिजिसियन डाक्टर मनोज यादव भन्छन् । पानी शरीरका लागि अत्यावश्यक पेय पदार्थ हो । विभिन्न खाद्यपदार्थबाट पनि पानीको मात्रा पाइन्छ । तर, यतिले मात्र शरीरका लागि पानी पर्याप्त हु“दैन ।
हाम्रो शरीरको ७० प्रतिशत अंग पानीले बनेको हुन्छ । पानी धेरै उद्धेश्यका लागि प्रयोग गरिन्छ । खाना पकाउने, कपडा धुने, नुहाउने सबै कामका लागि पानीको आवश्यकता पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा पिउने पानीको हो । सामान्य व्यक्तिले (पुरूष या महिला) दिनमा दुई देखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ । तर यो एकै चोटी पिउनु हु“दैन । यसको लागि यही समय भन्ने पनि छैन। पिसाब पहेले हुनु हु“दैन । पिसाब पहेलो छैन भने शरीरमा पानीको मात्रा कमी छैन भन्ने बुझ्न सकिन्छ । यदी तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ । यसको मतलब यो होइनकि तिर्खा लाग्नासाथ १ लिटर,२ लिटर पानी खाइहाल्नुपर्छ । धेरै पानी एकैचोटी पिएमा बमिट हुन सक्छ। पेट फुले जस्तो हुन्छ शरीरलाई असहज हुन्छ ।
दिनमा यति पानी पिउने भनेर कुनै नियम छैन । मानिसको शारीरिक बनावटअनुसार पानीको आवश्यकता पर्छ । सामान्यतया प्यास लाग्दा पानी पिउने गरिन्छ । मानसिक थकान वा तनाव हु“दा पनि छिनछिनमा पानी पिउने गर्छन् । तर, यतिले मात्र शरीरमा पानीको मात्रा पुग्दैन । इन्स्टिच्युट अफ मेडिसिनले गरेको एक अध्ययनले युवा अवस्थामा पुरुषलाई प्रतिदिन तीन र महिलालाई दुई दशमलव दुई लिटर पानी पिउनुपर्ने बताएको छ । धेरै गर्मी छ शरीरमा पसीना आएको छ अथवा काम गरिएको छ भने पानीको मात्रा बढाउनुपर्ने पनि हुन्छ ।