बस दुर्घटना हुँदा १३ जना घाइते ७ काे अवस्था गम्भीर

२१ माघ २०७४, आईतवार ०९:२९
 

सदरलाइनडटकम

काेहलपुर, २१ माघः

बाँके बैजापुरबाट नेपालगञ्‍ज आउँदै गरेको बस पूर्वपश्चिम राजमार्गको अगैयादेखि तीन किलोमिटर पश्चिममा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।


पूर्वपश्चिम राजमार्ग अगैयादेखि तीन किलोमिटर पश्चिममा आइतवार बिहान ना ३ ख ९७५९ नम्बरको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ। बैजापुरदेखि नेपालगन्ज आउने क्रममा तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी यज्ञप्रसाद भट्टराईका अनुसार घाइतेहरुलाई उद्दार गरी उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाइएको छ। दुर्घटनाका कारण बिहान दुई घण्टासम्म पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्व भएको छ ।

बसलाई सडकबाट हटाएर राजमार्ग खुलाइएको र घाइतेको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको डीएसपी भट्टराईले बताए। सामान्य घाइतेहरुको प्रथामिक उपचार गरी पठाइसकेको छ ।

Next Post

जाजरकोटमा जोडियो केन्द्रीय विद्युत् प्रसारण लाइन

२१ माघ २०७४, आईतवार ०९:२९
जाजरकोट, २१ माघ । जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ । विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका यहाँका बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुशी भएका छन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, मूलपानीबाट विद्युत् जडानको काम शुरु गरेको हो । सदरमुकाम […]

सम्बन्धित