मोटरसाइकल ठोक्किँदा बाँकेमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता १० कार्तिक २०८०, शुक्रबार १५:२५
 

नेपालगञ्ज : रोकी राखेको ट्रयाक्टरमा जोडिएको थ्रेशरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० राँझास्थित सडकमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्रयाक्टरमा जडित धानको थ्रेशरमा भे ९ प ६०१ नम्बरको मोटरसाइकल बिहीवार राती ठोक्किँदा चालक नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ त्रिभुवन चोकका विनोदकुमार बाल्मिकीको मृत्यु भएको हो ।


दुर्घटनामा परेर घाइते भएका बाल्मिकीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बर्दियमा पाँच जना पक्राउ

१० कार्तिक २०८०, शुक्रबार १५:२५
बर्दिया : प्रहरीले बर्दियाको मधुवन नगरपालिका वडा नं. ६ बाट लागुऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ । बर्दिया प्रहरीका अनुसार मधुवन नगरपालिका वडा नं. ६ का गणेश ओली, वडा नं. ५ का माधव भण्डारी, वडा नं. ७ का सन्दीप नेपाली तथा १६ वर्षीय र १८ वर्षीय किशोर रहेका […]

सम्बन्धित