जाजरकोटमा जोडियो केन्द्रीय विद्युत् प्रसारण लाइन

२१ माघ २०७४, आईतवार १७:३५
 

जाजरकोट, २१ माघ । जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ । विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका यहाँका बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुशी भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, मूलपानीबाट विद्युत् जडानको काम शुरु गरेको हो ।

सदरमुकाम खलङ्गामा हालसम्म ३५० जनाको आवेदन प्राप्त भएकामा ९८ घरधुरीमा विद्युत् जडान गरिएको र नेपाल प्राधिकरणका शाखा प्रमुख लोक खड्काले जानकारी दिए ।


बोहरागाउँ, मूलपानीका बाँकी घरधुरीमा लाइन जडान सकिएपछि गैरीखाली रानागाउँ क्षेत्रमा लाइन जडान शुरु गरिने उल्लेख गर्दै उहाँले पुरानो लाइन हटाउने र नयाँ लाइन जोड्ने काम भइरहेकाले केही समस्या भएको बताए ।

केन्द्रीय प्रसारण लाइन नहुँदा यस जिल्ला सदरमुकाममा स्थानीय एक खोलाबाट उत्पादन हुने ९८ किलोवाटको विद्युत् सेवा पनि खडेरीका कारण बन्द भएपछि सदरमुकामवासी अँध्यारोमा बस्न बाध्य थिए ।

(रासस)

Next Post

प्रदेश नं ६ को प्राकृतिक स्रोत र साधनको उपयोग गर्न जोड

२१ माघ २०७४, आईतवार १७:३५
सुर्खेत, २१ माघ । “म प्रदेश नं ६ को पहिलो ऐतिहासिक अधिवेशनको प्रथम बैठक शुरु भएको घोषणा गर्दछु”, सभाध्यक्ष ज्येष्ठ सदस्य हिमबहादुर शाहीको यो वाक्य उच्चारणसँगै प्रदेश नं ६ को अधिवेशन बैठक औपचारिक रुपमा शुरु भई सम्पन्न भएको छ । अपराह्न १ बजेर चार मिनेटमा संसद् बाहिरको जनाउ घण्टी बजाइएपछि […]

सम्बन्धित