छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

१४ माघ २०७६, मंगलवार १४:५६
 
सुर्खेतमा भएको दुर्घटना ।

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : छुट्टाछुट्टै दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । भैरहवामा तीन वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने टिप्परको ठक्करबाट सुर्खेतमा एक जनाको ज्यान गएको छ ।
भैरहवाबाट परासीका लागि छुटेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ जाँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा नवलपरासीको पालिनन्द गाउँपालिका ४ का लालु कुर्मी र भविकन कुर्मी तथा सुनसरीको चतराका पूर्णबहादुर भुजेलको मृत्यु भएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । बिहान बाक्लो कुहिरो लागेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
यस्तै सुुर्खेतको वीरेन्द्रनगरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मंगलवार बिहान टिप्परले ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका ३ का २० वर्षीय केशर सिंहको मृत्यु भएको हो ।
सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । सिंहलाई टिप्परले किचेर झण्डै २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

Next Post

फरार अभियुक्त २५ वर्षपछि पक्राउ

१४ माघ २०७६, मंगलवार १४:५६
सदरलाइनडटकम, दाङ : कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् । तुलसीपुर ११ कटाहा निवासी ५१ वर्षीय निमबहादुर पाण्डे पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले २०५१ जेष्ठ १८ गते उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद फैसला गरेको थियो । […]