श्रीमती र छोरालाई आगो लगाई फरार भएका विक पक्राउ

सदरलाइन संवाददाता १६ माघ २०७९, सोमबार १२:२८
 

नेपालगञ्ज : कोहपलुर नगरपालिका २ शक्तिनगरमा श्रीमती र छोरालाई आगो लगाई फरार रहेका भानुभक्त विकलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतवार राती करिब साढे १२ बजेको समयमा भारतीय सिमानाका जमुनाहाबाट प्रहरीले विकलाई पक्राउ गरेको कोहलपुर ईलाका ईन्चार्ज एवं प्रहरी नायव निरीक्षक ऐन बहादुर मल्ले जानकारी दिए ।

उनका अनुसार प्रहरीको शादा पोशाकमा गएको गस्तीले विकलाई पक्राउ गरी कोहलपुर लगिएको छ र कारवाहीको प्रक्रिया अघि बढाईएको छ ।


कोहलपुर नगरपालिका २ शक्तिनगरमा बस्दै आएका विकले श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाएका हुन् । आईतबार साँझ करिब ७ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि श्रीमान विकले श्रीमती गंगा विक र २ वर्षीय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाई फरार भएका थिए ।

घटना भएलगत्तै कोहलपुर मेडिकल कलेजमा उनीहरुलाई उपचारको निम्ति पुर्याईएको थियो । तर त्यहाँ उपचार सम्भव नभएको हुनाले उनीहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको थियो । उनका अनुसार बालक प्रिन्सको भने उपचारका क्रममा मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रयोग भएन थारु मातृभाषाका पाठ्यक्रम

१६ माघ २०७९, सोमबार १२:२८
दाङ : घोराही उपमहानगरपालिकाले थारू भाषामा पाठ्यक्रम निर्माण गरे पनि त्यसलाई प्रयोगमा ल्याउन सकेको छैन । थारू भाषाको पाठ्यक्रम करिब तीन वर्षअघि नै तयार भए पनि पाठ्यपुस्तक बन्न सकेको छैन । उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रम तयार गरेको भए पनि हालसम्म पाठ्यपुस्तक तयार नगरेको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद […]