लायन्स क्लबको १० लाख बराबरको राहत वितरण

६ आश्विन २०७४, शुक्रबार १९:२६
 

सदरलाइनडटकम
६ असोज, नेपालगन्ज : बाँके राप्ती सोनारी–२ को टिकुलीपुर क्षेत्रका ३ सय २४ घर धुरी बाढी पीडितका लागि लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि–२ ले राहत सामाग्री बितरण गरेको छ ।
वडा अध्यक्ष मदन कुमार वलीको उपस्थितिमा क्लवका डिस्ट्रिक गर्भनर मधुसूदन शर्मा रिजाल, पूर्व डिस्ट्रिक गर्भनर सेम शाक्य लगायतको लायन्सको टोली सो ठाँउमा पुगरे १० लाख बराबरको खाध्य तथा अखाद्य सामाग्री राहत वितरण गरेको हो ।
राप्ती सोनारी–२ को बाढी पीडित शिविरमा बस्दै आएका ३२४ धरधुरीलाई चामल २५ किलो, तोरीको तेल १ लिटर, दाल २ किलो, सोयाविन १ किलो, नून १ किलो बाल्टी १ थान डेग्ची १, डाडु पन्यौ, मग लागयतका सामाग्रीहरु बितरण गरिएको क्लवका डिस्ट्रक गर्भनर शर्माले जानकारी दिए ।
उनले समाज सेवाको लागि सबै भन्दा ठूलो सञ्जालको रुपमा रहेको लायन्सले विपदको बेलामा आफै र आफ्ना सदस्यहरुबाट संकलन गरेको राहत सामाग्री लिएर समाज सेवामा जुट्दै आएको बताए । उनले बाढी पीडितलाई राहत वितरण गर्दा उनीहरु विभिन्न खाले अभावले दशैको मुखमा पर्व मनाउन कठिनाई न होस भनेर बितरण गरेको समेत बताए ।
पूर्व डिस्ट्रिक गर्भनर सेम शाक्यले दुखको बेलामा सानो सहयोग गर्नको लागि लायन्सहरु बाढी पीडितको घर दैलोसम्म आएको उल्लेख गर्दै भने–‘ हामीले दिएको राहत धेरै मूल्यको र ठूलो न भएपनि यो तपाईहरुको पीडामा हामी पनि साथ मै छौ भन्ने सन्देश दिन खोजेका हौ र यो सन्सार भरका लायन्सहरुको काम पनि हो ।’
लयान्स डिजास्टर कोर्डिनेटर कृष्णकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो राहत वितरण कार्यक्रममा डिस्ट्रिक क्याविनेट टे«जरर, चिन्तामणि धिताल, एडभाईजर मुकुट ढकाललगायतका लायन्स लिडरहरुको सहभागिता रहेको थियो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘सबैको अस्तित्व स्वीकार्न सके सामाजिक सद्भाव कायम हुनेछ’

६ आश्विन २०७४, शुक्रबार १९:२६
सदरलाइनडटकम ७ असोज, नेपालगन्ज : आउँदै गरेका विभिन्न धर्म सम्प्रदायका चाडपर्वहरुमा सामाजिक सद्भाव कायम गर्न बाँकेका नागरिक समाजले अपिल गरेका छन् । बाँकेको राप्तीपारी नरैनापुरमा युएनडिपिको सहयोगमा बास नेपालगन्जले राप्तीपारी क्षेत्रमा सञ्चालन गरि रहेको सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजना अन्र्तगत सदभावका लागि प्रहरी र नागरिक बिचको अन्तरसम्बाद कार्यक्रमका […]