फोटोमा प्रादेशिक महोत्सवको झँकीदेखि उद्दघाटनसम्म

११ माघ २०७४, बिहीबार १९:२०
 

सदरलाइनडटकम
११ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघद्वारा नेपालगन्जमा आयोजना गरेको प्रादेशिक महोत्सव–२०७४ को उद्घाटन भएको छ । महोत्सवको उद्घाटन अघि नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयबाट हात्तिसहितको कलश यात्रा निकालिएको थियो ।
कलश यात्रा सहितको र्याली नगरका बिभिन्न स्थानहरुको परिक्रमा गरी महोत्सव स्थलमा पुगेको थियो । र्यालीमा बिभिन्न उद्योगी, ब्यापारीका साथै सामाजिक क्षेत्रमा सक्रिय संघसंस्थाहरु ब्यानर सहित सहभागी भएका थिए । महोत्सव उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवर्षा समेत गरिएको थियो ।
माघ ११ देखि २२ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका छन । ५ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिएको महोत्सव आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजयकुमार टण्डनले बताए ।
महोत्सवलाई ब्यवस्थितरुपमा सम्पन्न गराउन तथा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा समेत जडान गरीएको छ । महोत्सवमा अमेरिकी ब्याण्डका कलाकारहरुको समेत विशेष प्रस्तुती रहने छ । फोटो : रुद्र सुवेदी

     


 

Next Post

६६ औं अन्तराष्ट्रिय भन्सार दिवस मनाईयो

११ माघ २०७४, बिहीबार १९:२०
सदरलाइनडटकम १२ माघ, नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले ६६ औं अन्तराष्ट्रिय भन्सार दिवस विभिन्न साता व्यापीरुपमा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरि मनाईएको छ । आर्थिक विकासका लागि सुरक्षित व्यावसायिक बाताबरण भन्ने मुल नाराका साथ मनाईएको सो दिवसको अवसरमा व्याटमिन्टन प्रतियोगिता, सरसफाईलगायतका गतिविधि सञ्चालन गरिएको थियो । नेपालगन्ज भन्सार कार्यालयले अन्तराष्ट्रिय […]

सम्बन्धित