मिटर जडानको माग गर्दै नेपालगञ्जमा डेलिगेशन

सदरलाइन संवाददाता ६ आश्विन २०७८, बुधबार १५:३०
 

नेपालगञ्ज : मिटर जडानको माग गर्दै बाँके राप्तीसोनारीका स्थानीयले बुधवार विद्युत प्राधिकरण नेपालगञ्जमा डेलिगेशन आएका छन् ।

बिद्युतीकरणको काम सम्पन्न भएपनि मिटर जडानमा ढिलाई भएको भन्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधी, राजनीतिक दलका नेता, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी, स्थानीय उपभोक्तालगायत डेलिगेशनमा आएका हुन् ।

उनीहरुले नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज र प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखलाई भेटेर तत्काल मिटर जडानको ब्यवस्था मिलाईदिन आग्रह गरेका छन् ।


राप्तीसोनारी गाउँपालिकाले आफ्नै लगानीमा वडा नम्बर ३ मा विद्युतीकरणको काम सम्पन्न गरी गत चैत १८ गते प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । प्राधिकरणलाई हस्तान्तरण गरिसकेपछि बिद्युत उपभोक्ताले मिटर जडानका लागि निवेदन दिन सुरु गरेका थिए ।

प्राधिकरणलाई मिटर जडानका लागि अग्रिम रकम बुझाईसकेको महिनौं बितिसक्दा पनि अहिलेसम्म बत्ती बाल्न नपाएको स्थानीयको गुनासो छ । प्राधिकरणका डिभिजन प्रमुख सुरज गौतमले राप्ती सोनारी गाउँपालिकाको लागि आफुले मिटरको ब्यवस्थापन चाँडै गरिदिने आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनसरोकारका योजना स्थगित गरी कार्यकर्ता पोस्दै बर्तमान सरकार : अध्यक्ष ओली

६ आश्विन २०७८, बुधबार १५:३०
नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार जनसरोकारका योजना स्थगित गरी कार्यकर्ता पोस्ने कार्य गरेको आरोप लगाएका छन् । उनले बुधबार नेपालगञ्जमा पार्टीले आयोजना गरेको बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । उनले भने–‘ जनतासंग प्रत्यक्ष सरोकार राख्ने सडक, अस्पताल, पुल पुलेसा […]