कर्मचारीलाई सरुवाको पत्र लेखेपछि विवादमा तानिए श्रेष्ठ

सदरलाइन संवाददाता ११ भाद्र २०८०, सोमबार १६:०३
 

नेपालगञ्ज : स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले अधिकार क्षेत्रभन्दा बाहिर गएर कर्मचारीलाई सरुवाको पत्र लेखेपछि विवादमा तानिएका छन् ।

श्रेष्ठले आठौं तह अधिकृत सुनिता पौडेललाई भदौ १० गते बरबुझारथ गर्ने सम्बन्धमा पत्र लेख्दै प्रदेश मन्त्रालयको निर्देशनालयमा सरुवा भएकाले रमाना लिने प्रयोजनमा जिम्मामा भएका जिन्सी तथा नगद तत्काल बुझाउन भनेका छन् ।


सुनिता यहाँको कार्यालय प्रमुख थिइन् । उनको सरुवा दाङस्थित मन्त्रालयमा भएको छ । यो ठाउँमा नरेन्द्र अंगत सरुवा भएका छन् । तर, अंगतलाई अख्तियारले निलम्बनमा राखेको छ । यही कारण नरेश आफू निमित्त भएर बसिरहनका लागि यस्तो खेल खेलेको त्यहाँका कर्मचारी बताउँछन् । सरकारी पहुँचको भरमा श्रेष्ठले यस्तो गरेको एक कर्मचारीले बताए । नरेश र अंगत कांग्रेसनिकट कर्मचारी हुन् भने पौडेल एमाले निकट हुन् ।

निमित्त प्रमुख श्रेष्ठले हिजोको पत्रमा गल्ती भएको स्वीकारेका छन् । ‘यो विषय बाहिर नल्याउँदा राम्रो हुन्छ, म सोमबार नै म्याडमसँग बसेर मिलाउँछु, हिजो पत्र लेख्दा केही कमजारी भएको छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘जनतासँग माओवादी रुपान्तरण अभियान’ गरिने

११ भाद्र २०८०, सोमबार १६:०३
नेपालगञ्ज : ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ सफल बनाउन नेकपा माओवादी केन्द्र बाँकेले विशेष अभियान सञ्चालन गर्ने भएको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ देशैभर एकसाथ सञ्चालन गर्ने भनिएको ३ महिने अभियानलाई सफल बनाउन माओवादी केन्द्र बाँकेका नेताहरु सक्रिय भएका छन् । यही भदौ १६ गतेबाट माओवादी […]