जयमंगलम् सिमेन्ट्सले बजारमा ल्यायो गौरव पीपीसी र रक स्ट्रोङ्ग पीपीसी सिमेन्ट

८ माघ २०७४, सोमबार २०:२०
 

सदरलाइनडटकम

८ माघ, नेपालगन्ज : जयमंगलम् सिमेन्ट्स प्रालि गनापुर बाँकेले दुई नयाँ उत्पादन बजारमा ल्याएको जनाएको छ । जयमंगलम् सिमेन्ट्सका सञ्चालक संजयकुमार अग्रवालले नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएका हुन ।
उनले सुरुको अवस्थामा स्टार ओपीसी सिमेन्ट र यति पीपीसी सिमेन्टका ब्रान्डको सिमेन्ट मार्फत यसक्षेत्रका ग्राहक माझ सेवा पु¥याउँदै आएकोमा हाल गौरव पीपीसी सिमेन्ट र रक स्ट्रोङ्ग पीपीसी सिमेन्टले पनि बजार हिस्सा ओगट्न सफल भएको जानकारी दिए ।
उनले भने–‘ गौरव पीपीसी सिमेन्ट र रकस्ट्रोङ्ग पीपीसी सिमेन्ट हाम्रो नयाँ उत्पादन ब्राण्ड हो यसले स्टार ओपीसी सिमेन्ट र यति पीपीसी सिमेन्ट प्रयोग गरि रहेका ग्राहकलाई थप अनुभव र आकर्षण गर्नेमा हामी आशावादी रहेका छौं ।’
उनले उद्योगको सुरु दिनका उत्पादित दुई ब्रान्डप्रति ग्राहकले गरेको विश्वासको कारणले नै नयाँ ब्रान्ड गौरव पीपीसी सिमेन्ट र रकस्ट्रङ्ग पीपीसी सिमेन्टको उत्पादन गर्दै बजारमा ल्याउने प्ररणा र हौसला मिलेको बताउदै भने–‘ हाम्रा अघिल्ला उत्पादनलाई जस्तै यी नयाँ उत्पादनलाई पनि मन पराई दिनु हुने छ । हाम्रो उत्पादनको गुणस्तरप्रति पनि ग्राहक महानुभावले विश्वास गर्नु भएकोले हामी आभार व्यक्त गर्न चाहान्छौं ।’
उनले वार्षिक रुपमा ५० हजार मेट्रिक टन भन्दा बढी सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढि रहेको बताए । साबिक गनापुर गाविस हाल जानकी गाउँपालिकास्थित गनापुरमा विसं. २०५५ सालबाट सञ्चालनमा आएको यस उद्योगमा आधुनिक र पूर्ण कम्प्यूटराइज्ड प्रविधियुक्त रहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नवीनतम् प्रविधि र आधुनिक उपकरणको समिश्रणबाट उद्योग आफ्नो गुणस्तरमा स्थापित रहन सफल मध्य तथा सुदूरपश्चिम क्षेत्रकै नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो सिमेन्ट उद्योग हो ।
यस उद्योगका ब्रान्ड (स्टार र यति )ले बजारमा सुरक्षित स्थान ओगट्दै यसको विशुद्ध सेवा र गुणस्तरमा लोकप्रियता हासिल गरेका छन् । उच्च स्तरीय तालिम प्राप्त समर्पित बजार व्यवस्थापक र प्राविधिक सेवा समूहद्वारा आफ्नो ग्राहकको घरदैलोमै सेवा पु¥याउने समूह उद्योगमा कार्यरत छन् ।


Next Post

८ माघ २०७४, सोमबार २०:२०