नेपालगञ्ज कांग्रेसले पाउने सत्तागठबन्धनको सहमति

सदरलाइन संवाददाता ७ बैशाख २०७९, बुधबार १७:१४
 

नेपालगञ्ज : सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ ।

बुधबार बसेको सत्तारुढ गदलको शीर्ष नेताको बैठकले नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको हो ।

योसँगै स्थानीय चुनावका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागवण्डा टुंग्याएको छ । सबै महानगरपलिका र उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।


दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ । नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ ।

सत्तारुढ गठबन्धनले महानगरपालिकाको भागवण्डा मंगलबार नै टुंग्याएका थिए । महानगर र उपमहानगरपालिकाको नेतृत्व भागवण्डाको सहमतिपत्रमा बुधबार हस्ताक्षर हुने नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्ता गठबन्धनको निर्णय जसपा बाँकेले नमान्ने संकेत

७ बैशाख २०७९, बुधबार १७:१४
नेपालगञ्ज :  सत्ता गठबन्धनको भागबण्डामा नेपालगञ्ज उपमहानगरको नेतृत्वबाट जनता समाजबादी पार्टी बाहिरीएपछि जिल्ला स्तरबाटै गठबन्धनको निर्णयलाई लत्याउदै उम्मेदवारी दिने संकेत देखिएको छ । बाँकेका चार स्थानीय तहमा कुनै पनि हालतमा गठबन्धन नगर्ने निर्णयमा पुगेर केन्द्रलाई पत्राचार गरेको जनता समाजबादी पार्टी बाँकेले केन्द्रले कार्यकर्ताको भावना विपरित गरेको गठबन्धन नमान्ने संकेत दिएको […]